Logo

२०८३, आश्विन १०गते


images
images

बुटवलको बेलवासमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

बुटवलको बेलवासमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

images
  • बुटवलको बेलवासमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
    images
    images

    बुटवल । बुटवलको बेलवासमा सवारी दुर्घटनाहुँदा २ जनाको मृत्यु भएको छ । अपरान्ह ३ः३० बजे भएको दुर्घटनामा परि रुपन्देही बुटवल १३ बेलवास बस्ने बर्ष अन्दाजी वर्ष ४५ का सोनु भट्टराई र उनका ५/६ वर्षिय छोरा निशान भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार रुपन्देही बुटवल १३ बेलवासचोकस्थित पुर्ब पश्चिम राजमार्गमा पुर्बबाट पश्चिम तर्फ आउदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाईल र बिपरित दिशाबाट आउदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किएर लु ४१ प ४१६८ नम्बरको मोटरसाईकल पश्चिमबाट पुर्ब तर्फ जादै गरेको लु १ क ४४२४ नम्बरको ट्याङकर मुनी पर्न जाँदा मोटरसाईकलमा सवार बाबु छोराको मृत्यु भएको हो ।

    images
    images
    images

    दुर्घटनाबाट गम्भीर घाइते भई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याएकोमा अस्पतालले मृत घोषणा गरेको पनि प्रहरीले जानकारी दिएको छ । सोही मोटरसाइकलको पछाडी सवार १५ वर्षिय आयुष आचार्य तथा लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल चालक पाल्पा रामपुर २ का २३ वर्षिय अमृत सुनारी मगर घाइते भएका छन् । उनीहरुको प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।