Logo

२०८३, आश्विन ११गते


images
images

गैरकानुनी कार्य रोक्न कार्यकारिणी अधिकार प्रयोगको हुँ : मेयर बालेन

गैरकानुनी कार्य रोक्न कार्यकारिणी अधिकार प्रयोगको हुँ : मेयर बालेन

images
  • गैरकानुनी कार्य रोक्न कार्यकारिणी अधिकार प्रयोगको हुँ : मेयर बालेन
    फाइल फोटो
    images
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले गैरकानुनी कार्य रोक्न आफूले कार्यकारिणी अधिकार प्रयोग गरेको बताएका छन् ।
    महानगरपालिकाभित्रका अनधिकृत संरचनामा डोजर चलाउनु प्रक्रियागत र न्यायिक निरुपन नभएको भनी प्रश्न उठेपछि मेयर साहले कार्यकारिणी अधिकार प्रयोग गरेर काम गरेको बताएका हुन् ।

    images
    images
    images

    एक वक्तव्य जारी गर्दै उनले भनेका छन्, ‘गैरकानूनी कार्यको निरन्तरता कायम रहेको अवस्थामा पहिला त्यस्तो कार्यको रोकथाम तथा नियन्त्रण गर्नु पर्ने हुन्छ, त्यसपछि मात्र दोषीलाई कारबाही गर्न न्याय निरुपण गरिन्छ । कानुनको अनुपालना गराउने क्रममा भएको कार्यकारिणी वा प्रशासकीय अधिकार प्रयोगको औचित्य यसै सन्दर्भमा बुझ्नु उचित हुन्छ ।’

    images
    images
    images

    मेयर साहले आफूसँग कार्यकारिणी अधिकार हुँदा पनि त्यसको प्रयोग नगरी बस्नु उचित नहुने बताउँदै महानगरबाट कार्यकारिणी अधिकार प्रयोग कुन चरणमा हुन्छ भनेर बुझ्न सुझाएका छन् ।
    ‘न्यायिक निरुपणपछि मात्र अनधिकृत संरचना हटाउनु पर्दथ्यो भन्ने कतिपय भाष्यकारलाई काठमाडौं महानगरबाट कार्यकारिणी अधिकारको प्रयोग कुन चरणमा हुन्छ र न्यायिक अधिकारको प्रयोग कुन चरणमा हुन्छ बुझिदिनु हुन हार्दिक अनुरोध गर्दछौं,’ उनले वक्तव्यमा उल्लेख गरेका छन् ।

    images
    images
    images

    आवश्यकता र औचित्यको आधारमा उचित समयमा नै कार्यकारिणी शक्तिको प्रयोग भएमा विधिको शासन स्थापित हुने उनको भनाइ छ ।

    अनधिकृत निर्माण, अतिक्रमण तथा भवनको प्रयोजन परिवर्तन सम्बन्धी गैरकानूनी कार्य रोक्ने अभियान जारी रहने उनको भनाइ छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।