Logo

२०८३, आश्विन १०गते


images
images

कानुन सबैलाई बराबर हुन्छ, नक्सा पास नभए अदालतमा पनि डोजर चल्छ : मेयर साह

कानुन सबैलाई बराबर हुन्छ, नक्सा पास नभए अदालतमा पनि डोजर चल्छ : मेयर साह

images
  • कानुन सबैलाई बराबर हुन्छ, नक्सा पास नभए अदालतमा पनि डोजर चल्छ : मेयर साह
    images
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले महानगरभित्र बनेका सबै अनधिकृत संरचना भत्काउने प्रस्ट पारेका छन्। बुधबार न्युरोडस्थित आरबी कम्प्लेक्समा बनेको अनधिकृत संरचना हटाउन पुगेका मेयर साहले सबै अनधिकृत संरचना हटाउने बताएका हुन्।

    images
    images
    images

    महानगरको कदमले साना व्यापारीहरू मारमा परेका भन्ने व्यापारीहरूको गुनासोको जवाफमा उनले सबैलाई समान रूपमा कानुन लाग्ने उल्लेख गरे। नक्सा पास नगरी बनाएको पाइए काठमाडौं जिल्ला अदालतले समेत त्यस्ता संरचना भत्काउने भन्दै उनले भने, ‘ठूलोलाई लाग्ने सानोलाई नलाग्ने भन्ने हुँदैन, सबैलाई बराबर हुन्छ। हामीले जिल्ला अदालतलाई समय दिएका छौँ। जिल्ला अदालतको नक्सा पास छैन, उहाँहरूको पनि नक्सा पास भएन भने त्यहाँ पनि त्यही हुन्छ (डोजर चल्छ)।’

    images
    images
    images

    डोजर चलेका संरचना अवैध रूपमा बनाइएको भन्दै मेयर साहले त्यसबापत क्षतिपूर्ति नदिइनेसमेत प्रस्ट पारेका छन्। अनधिकृत रूपमा बनेका संरचनाका कारण पार्किङमा समस्या आउनुका साथै पैदलयात्रीले समेत सास्ती भोग्नुपरेको गुनासो गरेपछि महानगरले अनधिकृत संरचना हटाउन थालेको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालेन्द्र साह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।