Logo

२०८३, आश्विन १०गते


images
images

मेयर बालेनविरूद्ध अदालतको अपहेलना मुद्दा

मेयर बालेनविरूद्ध अदालतको अपहेलना मुद्दा

images
  • मेयर बालेनविरूद्ध अदालतको अपहेलना मुद्दा
    फाइल फोटो
    images
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरूद्ध अदालतको अपहेलना मुद्दा दर्ता भएको छ।
    अधिवक्ता दिपकराज जोशीले बालेनविरूद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा हालेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए।

    images
    images
    images


    मेयर बालेनले संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतलाई दिउँ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेको र त्यसले  अदालतको अवहेलना गरेको जोशीको तर्क छ।
    बालेनविरूद्धको मुद्दामा आजै न्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा सुनुवाइ भएको छ।

    images
    images
    images


    केही समयअघि काठमाडौं महानगरले नर्भिक अस्पतालले भाडामा लिएको सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन खोजेको थियो। नर्भिकले अदालतमा मुद्दा हालेपछि तत्काल ती संरचना नहटाउन अदालतले आदेश दिएको थियो।
    उक्त आदेशपछि मेयर बालेनले नक्सा पासको काम पनि अदालतलाई दिनुपर्ने भन्दै स्टाटस लेखेका थिए।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।