Logo

२०८३, आश्विन ११गते


images
images

कोरियन सांसदहरूद्वारा पाेखराका मेयर आचार्यसंग भेटवार्ता

कोरियन सांसदहरूद्वारा पाेखराका मेयर आचार्यसंग भेटवार्ता

images
  • कोरियन सांसदहरूद्वारा पाेखराका मेयर आचार्यसंग भेटवार्ता
    images
    images

    राजेश पराजुली, पोखरा  । गणतन्त्र कोरियाको राष्ट्रियसभा सदस्यहरूको एक टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग शिष्टाचार भेटवार्ता गरेको छ । भेटवार्ताका क्रममा पोखराको फोहोर मैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा ग्रिन ट्रन्सपोर्टेसन लगायतका विषयमा छलफल भएको प्रमुख आचार्यले जानकारी दिए । 

    images
    images
    images

    टोलीले पोखरामा देखिएको फोहोर व्यवस्थापनको दिगो समाधान तथा ट्राफिक व्यवस्थापन र हरियाली प्रर्वद्धन तथा ग्रिन ट्रान्सपोर्टेसनका लागि कोरियन सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरेको छ ।

    images
    images
    images


    पोखराको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रर्वद्धन रिङ्ग रोड निर्माण, व्यवस्थित बसपार्क, अन्तर्राष्ट्रिय विमानस्थल देखी लेकसाईडसम्म फास्ट ट्रयाक, फेवाताल–वेगनासताल जोड्ने पूर्वाधार लगायतका विषयमा पनि टोलीले चासो दिएको छ । 

    images
    images
    images

    पाँच सदस्यीय टोलीमा डेमोक्रेटिक पार्टी अफ कोरियाको तर्फबाट राष्ट्रियसभा सदस्यहरू साङ्ग हेन ली, ह्याक योङ्ग ली र ब्योङ्ग जो किम तथा पिपुल पावर पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्य ब्योङ्ग गिल एन र राष्ट्रिय सभाका एक अधिकारी होङ्गगेट को को सहभागी थिए ।

    कोरियन सांसदहरूको पोखरा भ्रमण र पोखराको विकास प्रति उनीहरूको चासाे दिएकाेमा पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख आचार्यले धन्यवाद ज्ञापन गरे । उनीहरूलाई पोखराको चिनोका रूपमा सारङ्गी समेत प्रदान गर्नुभयो । भेटघाटको सहजीकरण पर्यटन व्यवसायी मदन केसीले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।