Logo

२०८३, श्रावण २७गते


images
images

साउनमा झन्डै २ अर्ब रुपैयाँको बिजुली भारत निर्यात, थप १ सय ११ मेगावाट निर्यात प्रस्ताव

साउनमा झन्डै २ अर्ब रुपैयाँको बिजुली भारत निर्यात, थप १ सय ११ मेगावाट निर्यात प्रस्ताव

images
  • साउनमा झन्डै २ अर्ब रुपैयाँको बिजुली भारत निर्यात, थप १ सय ११ मेगावाट निर्यात प्रस्ताव
    images
    images

    काठमाण्डाै । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा झन्डै दुई अर्ब रुपैयाँको बिजुली भारत निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले चालु आवको साउन महिनामा एक अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको बिजुली निर्यात गरेको छ । 

    images
    images
    images

    प्राधिकरणले देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट बिजुली साउनमा भारत निर्यात गरेको हो । बिजुली निर्यातबाट साउनमा औसतमा दैनिक पाँच करोड ९३ लाख रुपैयाँ कमाउन प्राधिकरण सफल भएको छ । 

    images
    images
    images

    प्रााधिकरणले देशभित्र खपत गरी बाँकी भएको वर्षायामको बिजुली गएकाे जेठ १९ गतेदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । सुरुमा दुई वटा विद्युत् गृहको ३९ मेगावाट उत्पादित बिजुलीलाई स्रोत मानी दैनिक रूपमा आईएक्समा बिक्री गरिएको थियो । त्यसपछि जेठ २७ गतेदेखि दैनिक रूपमा ६ वटा जलविद्युत् गृहबाट उत्पादित बिजुलीलाई स्रोत मानी दैनिक रूपमा तीन सय ६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ । आईएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा बिजुलीकाे कारोबार गरिन्छ । त्यसैले हरेक ब्लककाे मूल्य फरक–फरक हुने गरेको छ । 

    images
    images
    images

    गएकाे आव २०७८/७९ मा तीन अर्ब ८८ करोड रुपैयाँको बिजुली निर्यात भएको थियो । 

    ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत बिजुली निर्यात भइरहेको छ ।  

    गएकाे आवमा प्राधिकरणको सौर्य प्लान्ट, माथिल्लो तामाकोसी र निजी क्षेत्रका जलविद्युत् तथा सौर्य आयोजनाको कुल सात सय ३५ मेगावाट विद्युत् प्रणालीमा थप भएको थियो । 

    यो सँगै वर्षायाममा देशभित्रको मागभन्दा बढी उत्पादन गर्न सकिने अवस्था आएकोले भारतीय बजारमा प्रतिस्पर्धामार्फत बिजुली बिक्री गर्न सफल भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘बिजुली निर्यात वृद्धि हुँदा प्राधिकरणको आर्थिक अवस्थामा सुधार आउनुका साथै हाम्रो देशको विदेशी मुद्रा सञ्चितिमा वृद्धि भइ राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुगेको छ, दुई देशबीचको व्यापार घाटालाई समेत केही कम गर्न सहयोग भएको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘देशमा बिजुली उत्पादन थप हुँदै गइरहेको हुँदा घरायसी खपत र औद्योगिक खपत बढाउन आवश्यक छ, यसका लागि प्रसारण तथा वितरण लाइनको विकास र सुधार गर्नुका साथै उद्योगीले विशेष सेवा र सुविधा प्राप्त गर्ने व्यवस्था मिलाइने छ ।’

    थप १११ मेगावाट निर्यात प्रस्ताव

    प्राधिकरणले देशभित्र खपत गरी बाँकी रहेकाे वर्षायामको थप एक सय ११ मेगावाट बिजुली आईएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीको प्रस्ताव गरेको छ । 

    प्राधिकरणले चार वटा जलविद्युत् गृहबाट उत्पादित बिजुलीलाई स्रोत मानी आईएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेस गरेको हो । केन्द्रीय विद्युत् प्राधिकरणबाट अनुमति पाएपछि थप बिजुली निर्यात सुरु हुने छ । 

    प्राधिकरणले ४२ मेगावाटको मिस्त्रीखोला, २४ दशमलव २ मेगावाटको लिखु खोला 'ए', २३ दशमलव ५ मेगावाटको सोलु खोला, २२ दशमलव १ मेगावाटको चिलिमेको विद्युत् गृहबाट उत्पादित एक सय ११ दशमलव ८ मेगावाट बिजुली निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेस गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले थप बिजुली निर्यातका लागि भारत सरकारबाट छिट्टै अनुमति प्राप्त हुनेमा विश्वास व्यक्त गरे ।  

    ‘नेपाल र भारतको बिहार राज्यबीच बिजुली आदान–प्रदान गर्न निर्माण गरिएको १३२ केभी प्रसारण लाइनको पूर्ण सदुपयोग हुने गरी वर्षायाममा बचत भएको बिजुली उत्तर बिहार पावर वितरण कम्पनीबाहेकका निकायहरूलाई समेत बिक्री गर्न भारत सरकारका सम्बन्धित निकायहरूसँग आवश्यक छलफल भइरहेको छ’, उनले भने ।  

    भारतको केन्द्रीय विद्युत् प्रणालीअन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा बिजुली बिक्री गरिन्छ । प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि दिउँसाे १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा छ । विद्युत् प्रणालीमार्फत तय हुने 'मार्केट क्लियरिङ प्राइस' का आधारमा बिजुलीकाे प्रतियुनिट बिक्री दर तय हुन्छ । प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात् २४ घण्टा बिजुली निर्यात गरिन्छ । 

    प्राधिकरणकाे तर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत् व्यापार निगम (एनभीभीएन) ले गर्छ । 

    एनभीभीएनले हरेक दिनको कारोबारसम्बन्धी विवरण प्रत्येक दिन बेलुकी ६ बजे प्राधिकरणलाई पठाउँछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।