Logo

२०८३, आश्विन ९गते


images
images

देवदह नगर शिक्षा समितिको प्रथम बैठक सम्पन्न, यी हुन् समितिमा मनोनीत हुनेहरू

देवदह नगर शिक्षा समितिको प्रथम बैठक सम्पन्न, यी हुन् समितिमा मनोनीत हुनेहरू

images
  • देवदह नगर शिक्षा समितिको प्रथम बैठक सम्पन्न, यी हुन् समितिमा मनोनीत हुनेहरू
    images
    images

    देवदह । देवदह नगर शिक्षा समितिको प्रथम बैठक सम्पन्न भएको छ । बिहीवार सम्पन्न बैठकले नगर शिक्षा समिति र नगर शिक्षा अनुगमन समितिमा विभिन्न व्यक्तिहरूलाई मनोनीत गरेको छ । 

    images
    images
    images

    नगरप्रमुख ध्रुब प्रसाद खरेल अध्यक्ष र उप-प्रमुख टिकाराम शर्मा शिक्षा अधिकारी रहेको नगरशिक्षा समितिमा सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मध्यबाट झबिन्द्र पाण्डे, संस्थागत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मध्यबाट चक्रपाणी तिवारी, समाजसेवी र शिक्षाविद मध्यबाट मित्रलाल न्यौपाने र राम प्रसाद बि.क., शिक्षण पेशामा उच्च योगदान गर्ने सामुदायिक विद्यालयका शिक्षकमध्यबाट ऋषीश्वर अर्याल र शिक्षण पेशामा उच्च योगदान गर्ने संस्थागत विद्यालयका शिक्षक मध्यबाट कृष्ण प्रसाद पौडेललाई मनोनीत गरिएको नगर प्रवक्ता गणेश डुम्रेले जानकारी दिए । प्रवक्ता डुम्रेका अनुसार शिक्षक महासंघको तर्फ प्रतिनिधि मनोनीत हुन बाँकी छ ।

    images
    images
    images

    त्यसैगरी नगर शिक्षा अनुगमन समितिमा पनि विभिन्न व्यक्तिहरू मनोनीत भएका छन् । जस अनुसार सेवा निवृत्त शिक्षकमध्यबाट लिलाबल्लभ भट्टराई, संस्थागत विद्यालयका शिक्षक प्रतिनिधिको रुपमा राम बहादुर गुरुङ, लेखा सम्बन्धि ज्ञान भएको व्यक्तिको रुपमा शिव प्रसाद ढकाल, शिक्षा र बालबालिकाको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाका प्रतिनिधि रुपमा मेनुका न्यौपाने मनोनीत भएका छन् । बैठकले नगर शिक्षा अधिकृत परशुराम ढकाललाई विद्यालय निरीक्षकको जिम्मेवारी दिने निर्णय समेत गरेको नगरपालिकाले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।