Logo

२०८३, श्रावण २७गते


images
images

कोरोना संकट

राप्रपा देवदहको सवारीले बोक्छ दैनिक २५ विरामी, कुन दुलामा छन् ठुला दल भन्नेहरु ?

राप्रपा देवदहको सवारीले बोक्छ दैनिक २५ विरामी, कुन दुलामा छन् ठुला दल भन्नेहरु ?

images
  • राप्रपा देवदहको सवारीले बोक्छ दैनिक २५ विरामी, कुन दुलामा छन् ठुला दल भन्नेहरु ?
    images
    images

    राहुल सापकोटा, देवदह । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) देवदहले असक्त बिरामीलाई अस्पतालसम्म पुर्याउन सञ्चालनमा ल्याएको सवारीले बिरामी चाप थेग्न नसक्ने अवस्था आएको छ । बिरामीको अत्याधिक चाप भएका कारण एउटा मात्रै गाडीले सेवा पुर्‍याउन नसकिने अवस्था रहेको सो पार्टीका नगर अध्यक्ष माधव रीमालले बताएका छन् । 

    images
    images
    images

    अध्यक्ष रीमालका अनुसार हाल उक्त सवारीले दैनिक २०–२५ जना बिरामी बोकीरहेको छ । "हिजो र अस्ती त २७ जना सम्म पनि बोक्यौँ । गाडी चलाउने भाइहरुले खाने फुर्सद पनि पाएका छैनन । हामी सवारी सञ्चालनमा आएदेखि नै राम्रोसंग सुतेका छैनौँ । सबै तिरबाट फोन आउँछ कस्लाई लैजानु कस्लाई छाड्नु पिडा उस्तै छ।" अध्यक्ष रिमालले भने ।

    images
    images
    images

     देवदह नगरपालिकाले केही वैकल्पिक व्यवस्था गरीदिए अलि सजिलो हुने रिमालको भनाइ छ । राप्रपा नेताहरू तोयानाथ लम्साल, ज्ञानु तिवारी लगायत अन्य राप्रपाका नेताहरुले पनि सामाजिक सञ्जालमा आफुहरुले सञ्चालनमा ल्याएको सवारीले मात्रै बिरामीको भार थेग्न नसक्ने अवस्था आएकाले देवदह नगरपालिकाले यसको वैकल्पिक व्यवस्था गर्नुपर्ने बताएका छन । 

    images
    images
    images

    यता, सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले देवदह नगरपालिकाको सरकारी सवारी साधन पनि बिरामी बोक्नका लागि प्रयोगमा ल्याउन माग गरेका छन । 

    देवदहमा सक्रिय ठुला भनिने राजनीतिक दलहरु कोहि बिज्ञप्ति निकालेर बसिरहेको अवस्था छ । तर, गत निर्वाचनमा प्राप्त जनमत अनुसार सानो भनिएको राजनीतिक दल राप्रपा देवदहले बिरामीलाई अस्पतालसम्म लैजानका लागि बैसाख १३ गते देखि निशुल्क सवारी सञ्चालनमा ल्याएको छ । सवारीले अहिले दैनिक रुपमा बिरामीहरु ओसार्ने काम गरीरहेको छ ।   

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।