Logo

२०८३, आश्विन ९गते


images
images

बालमुन ग्रुप अफ कम्पनीको प्रथम वार्षिक उत्सवमा कृषक सम्मानित

बालमुन ग्रुप अफ कम्पनीको प्रथम वार्षिक उत्सवमा कृषक सम्मानित

images
  • सेतोमसी सहकर्मी
  • बालमुन ग्रुप अफ कम्पनीको प्रथम वार्षिक उत्सवमा कृषक सम्मानित
    images
    images

    धुर्ब लामिछाने, देवदह । कृषिलाई व्यवसायीकरण तथा आधुनिकीकरणलाई मुख्य प्राथमिकतामा राख्दै स्थापना गरिएको बालमुन ग्रुप अफ कम्पनी प्रा. ली. को प्रथम वार्षिक उत्सव तथा कृषक सम्मान कार्यक्रम सम्पन्न भएको छ । रुपन्देहीको देवदह १२ प्रगतिनगरमा अवस्थित सो कम्पनीको पहिलो वार्षिक उत्सव शनिबार एक कार्यक्रमका बीच सम्पन्न भएको हो। बालमुन ग्रुप अफ कंपनी लिमिटेडले आफ्नो स्थापना दिवसको अवसरमा आफ्ना सम्पूर्ण कृषकहरुलाई आमन्त्रण गरी सम्मान समेत गरेको हो। 

    images
    images
    images

    समग्र कृषि क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यले स्थापना भएको बालमुन ग्रुप अफ कंपनी लि. ले सफलतापूर्वक आफ्नो पहिलो वर्ष पार गरी दोश्रो वर्षमा प्रवेश गरेको छ।  यस कम्पनीको मूल उद्देश्य समग्र कृषि क्षेत्रको विकासमा टेवा पुर्याउने तथा भोलिका वर्षहरूमा यस क्षेत्रका कृषकहरुलाई कृषि अर्थतन्त्रमा फड्को मार्नका लागि ठूलो सहयोग पुर्याउने कम्पनीका अध्यक्ष टीकाराम न्यौपानेले बताए। 

    images
    images
    images

    'अहिेले बालमून कम्पनीले कृषकका दूध उठाइरहेको र त्यसैबाट विभिन्न परिकार बनाई बेचिरहेको छ । अबका वर्षहरूमा कृषिमा अझ नयाँ स्वरूप। ल्याउनका लागी यस कम्पनीलाई कृषकको साथ र सहयोगको खाँचो रहेको अध्यक्ष न्यौपानेले बताए। साथै कृषकका लागि बिमाको समेत अवधारणा ल्याएको बताउँदै अध्यक्ष न्यौपानेले भने, 'हामीले कृषकका लागि भनेर नै बिमाको नयाँ अवधारणा ल्याएका छौं', जस अन्तर्गत एउटा लाईफ इन्स्योरेन्स, नन लाईफ इन्स्योरेन्स र अर्को गोठालो बीमा रहेको छ यस गोठालो बीमा अन्तर्गत यदि कुनैबेला पनि कृषकलाई पशुले हानेमा अथवा पशुको रोग कृषकमा सरेर केही भएमा यसका लागि बिमाको अबधारणा ल्याइएको अध्यक्ष न्यौपानेले बताए। 

    images
    images
    images

    कार्यक्रममा उपस्थित वडा अध्यक्ष,  समाजसेवी साथै कृषकहरुले समेत आ - आफ्नो भनाई राख्दै कृषि क्षेत्रमा जोडिएको यस कम्पनीले अबका वर्षहरूमा कृषकका लागि अझ राम्रो व्यावसायिक सफलता दिलाउने र यसमा वडा अध्यक्ष हरुको पूर्ण समर्थन रहने बताएका थिए। 

    एक वर्षको अन्तरालमा बालमुन ग्रुप अफ कंपनी ली. ले आफ्ना कृषकहरुलाई तीर्थ यात्रा गराइसकेको र उत्कृष्ट कृषकलाई सम्मान साथै कृषकलाई गाई, भैंसी किन्नका लागि लगानी समेत गराएको कम्पनीका प्रबन्धक विपिन न्यौपानेले बताए। 

    देवदह - १२ का वडा अध्यक्ष डेग बहादुर सारु, वडा नं - ११ का वडा अध्यक्ष दूधनाथ यादव, ओमसतिया वडा - ६ वडा अध्यक्ष शिवकुमार धवल, देवदह १२ का पूर्व अध्यक्ष बाबुलाल यादव, यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड परासी शाखा प्रमुख कुलचन्द्र भण्डारी, आफन्त साकोस शंकरपुरका व्यवस्थापक विजय क्षेत्री,समाजसेवी भेषराज भट्टराई, समाजसेवी ज्ञानप्रसाद पाण्डे लगाएत कृषकहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

    बालमुन ग्रुप अफ कंपनी ली. का अध्यक्ष टीकाराम न्यौपानेको अध्यक्षता, उपस्थित अतिथीहरुको मन्तब्य तथा सोमनाथ पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।