Logo

२०८३, आश्विन १०गते


images
images

भक्तपुरमा आजै मनाइयो जनैपूर्णिमा

भक्तपुरमा आजै मनाइयो जनैपूर्णिमा

images
  • भक्तपुरमा आजै मनाइयो जनैपूर्णिमा
    images
    images

    भक्तपुर । भक्तपुरमा आजै जनैपूर्णिमा मनाइएको छ । यसवर्ष गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेपछि अघिल्लो दिन नै जनैपूर्णिमा मनाइएको हो ।

    images
    images
    images

    गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेकाले अन्योल भएकाे भन्दै भक्तपुर नगरपालिकाले तलेजुका पुजारीहरुसँग छलफल गरेर आजै जनैपूर्णिमा मनाएको हो । भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन मनाइन्छ त्यही दिन नागरिकले पनि चाडपर्व मनाउने प्रचलन छ ।

    images
    images
    images

    तिथि घटबढका कारण कुनै दुई तिथि एकैदिन परे तलेजुका मुल पुरोहित, राजोपाध्याय एवम् पुजारीहरु कर्माचार्य र जोशीहरुले आपसमा ज्योतिष विज्ञानको आधारमा छलफल गरी चाडपर्व मनाउने प्रचलन छ । 

    images
    images
    images

    त्यहीअनुसार भक्तपुर नगरपालिकाले तलेजुका मुल पुजारी र पुजारीहरुसँग छलफल गरी साउन २६ गते जनैपूर्णिमा र २७ गते गाईजात्रा मनाउने जनाएको थियो ।

    आज (बिहीवार) जनैपूर्णिमा मनाइएको छ भने भोलि गाईजात्रा मनाउने जनाएको हो । भक्तपुरमा आजै जनै लगाउने, रक्षा बन्धन बाँध्ने र क्वाँटी खाएर जनैपूर्णिमा मनाउने छ। आज बिहानैदेखि पुरोहितसँग रक्षा बन्धन र नयाँ जनै लगाउने परम्परा छ । जनैपूर्णिमाको दिन रक्षाबन्धन बाँध्दा नकारात्मक तत्वबाट सुरक्षा प्रदान हुने विश्वास छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भक्तपुर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।