Logo

२०८३, आश्विन ९गते


images
images

बालविकास सहजकर्ता: जिम्मेवारी बढी पारिश्रमिक कम

बालविकास सहजकर्ता: जिम्मेवारी बढी पारिश्रमिक कम

images
  • सेतोमसी सहकर्मी
  • बालविकास सहजकर्ता: जिम्मेवारी बढी पारिश्रमिक कम
    फाइल फोटो
    images
    images

    कृष्ण अन्जान, गुल्मी । साना बालबालिका रुवाउँदै बाबु आमाले वालविकासमा पढाउने शिक्षिकाहरुकाे जिम्मा दिएर घर फर्किन्छन ।

    images
    images
    images

    दिनभरि तिनै बालबालिकाकाे 'धरालाे' गर्दैमा बालविकासका सहजकर्ताहरुकाे दिन बित्छ । सानानानी बाबुकाे दिसापिसाव साेहर्ने । राेएभने काखैमा राखेर फकाउने । सम्पूर्ण स्याहार सुसार उनिहरुकाे हाे । तर आमा बनेेर बालबालिकाकाे स्याहारसुसार गर्ने बालविकास कक्षाका सहजकर्ताहरुकाे यो पीडा कसले बुझ्ने ? 

    images
    images
    images

    रुरुक्षेत्र गाउँपालिका वडा नं. १ भट्कुवाकी मन्जु ज्ञवालीले बालविकास कक्षामा पढाउन थालेकाे चौविस वर्ष बितेकाे छ । उनकै अगाडि कति शिक्षक स्थायी बनिसकेका छन । कतिका पेन्सन निस्किसकेको छ । सबैकाे तलब मज्जाले बढ्छ । उनकै अगाडि शिक्षक शिक्षिकाहरुले मासिक तीस चालिस हजारकाे हाराहारीमा तलब बुझ्छन । तर विद्यालय प्रवेशकाे पहिलाे खुडकिलाे बालविकास कक्षामा पढाउने मन्जु ज्ञवालीकाे मासिक तलब चौविस वर्षमा बल्लतल्ल  १५ हजार पुगेको छ ।
    सरकारले विक्रम सम्वत २०५५ माघदेखि देशै भरी बालविकासकाे अवधारणा शुरु गरेकाे हाे र माघदेखि शुरु भएकाे बाल बिकास कार्यक्रममा २०५५ साल फागुनदेखि मन्जु ज्ञवालीले पढाउन थालेकी हुन । मन्जु ज्ञवाली जस्ता छयालीस जना बालविकास सहजकर्ता रुरुक्षेत्रका बालविकास कक्षाहरुमा कार्यरत छन र रुरुक्षेत्रमा जस्तै देशैभरीमा हजारौं बालविकास सहजकर्ताहरु श्रम ऐनले व्यवस्था गरेका पारिश्रमिक नपाएर पिडित छन ।

    images
    images
    images

    २०५५ सालमा बालविकास कक्षा शुरु हुँदा मासिक पाँचसय पाउँथे सहजकर्ताले । त्यसपछि १२ सय, १८ सय, ३ हजार, ६ हजार हुँदै १५ हजार मासिक तलब पुगे पनि याे नगन्य छ ।

    प्रारम्भिक बालविकास सहजकर्तालाई श्रमऐनअनुसार तोकिएको तलब दिन सरकारलाई गाह्रो परिरहेको छ । 
    तलब खुवाउन नै गाह्रो पर्ने हो भने इसीडी शिक्षकको दरबन्दी खारेज गर्नुको विकल्प नदेखिने भनाई  सहजकर्ताहरुकाे छ ।

    सरकारले शैक्षिक सुधारको कुरा मुखले मात्रै गरेको छ तर व्यवहारमा लागु पाईएकाे छैन । देशभरका  बालविकासका सहजकर्तालाई आर्थिक वर्षमा बढाइएको भनिएको तलब २ हजारसमेत गरि रू १७ हजार अहिलेसम्म नपाएका रुरुक्षेत्र १ थाेर्गा च्यूरेक प्राथमिक विद्यालयमा रहेकाे बालविकास कक्षाकि सहजकर्ता गाेमा क्षेत्रीले  बताईन ।

    'जीवन नै बालविकास सहजकर्ताकाे रुपमा नानिबाबुकाे धरालाे मै गयाे । कम्तिमा पनि प्राथमिक तहकाे दरवन्दीकाे व्यवस्था त हुनुपर्छ त्याे पनि भएन । केही हुन्छकि भनेर कुरियाे तर आशा निराशामा परिणत भयो' सहजकर्ता क्षेत्रीले गुनासो पोख्छिन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालविकास सहजकर्ता
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।