Logo

२०८३, भाद्र १गते


images
images

'आईओसी'लाई २३ अर्ब तिर्न बाँकी छ, पेट्रोलियम पदार्थको मूल्य घटाउँदैनौं : आयल निगम

'आईओसी'लाई २३ अर्ब तिर्न बाँकी छ, पेट्रोलियम पदार्थको मूल्य घटाउँदैनौं : आयल निगम

images
  • 'आईओसी'लाई २३ अर्ब तिर्न बाँकी छ, पेट्रोलियम पदार्थको मूल्य घटाउँदैनौं : आयल निगम
    फाइल फोटो
    images
    images

    काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले हाललाई नेपालमा मूल्य यथावत राख्ने भएको छ । एक विज्ञप्ति जारी गर्दै निगमले अझै पनि १५ दिनको नोक्सानी ६३ करोड ५८ लाख रुपैयाँ रहेकाले मूल्य यथावत राखिएको जनाएको छ । 

    images
    images
    images

    भारतबाट सोमबार मात्रै पेट्रोल प्रतिलिटर १६ रुपैयाँ तथा डिजेल १२ रुपैयाँले घटेर आएको थियो । निगमका लागि सो मूल्य घटेर आएपछि हाल उसलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ७८ पैसा नाफा छ । डिजलमा ९ रुपैयाँ ३७ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ४९९ रुपैयाँ नोक्सानी रहेको निगमले जनाएको छ ।

    images
    images
    images

    निगमले आईओसीलाई अझै २३ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाएको छ । यो बक्यौता रकम भुक्तानी गर्दै क्रमश: पेट्रोलियम पदार्थको आपूर्ति सहज गर्नुपर्ने दायित्व रहेको रहेको भन्दै निगमले यो पटक मूल्य नघटाउने स्पष्ट पारेको छ । हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ छ । 20220803_200649.jpg

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।