देवदह । देवदह नगरपालिकामा नवआगन्तुक प्रमुख प्रशासकिय अधिकृत प्रदिप पौडेललाई स्वागत गरिएको छ । मंगलबार एक कार्यक्रमविच नगरपालिकाला प्रमुख, उपप्रमुख र पालिकाका कर्मचारीहरूले पौडेललाई स्वागत गरेका हुन् ।
नगरपालिकाको सभाहलमा आयोजित स्वागत तथा पदस्थापन कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत प्रदिप पौडेलले नगरपालिकामा सुशासन र अधिकतम प्रबिधिमैत्री सेवा प्रवाह मुख्य प्राथमिकताको विषयमा रहेकोले सोही अनुसार काम गर्ने बताए । सो अवसरमा पौडेलले परिचयसंगै स्थानीय तहमा आफ्नो अनुभव, आगामी कार्ययोजना एवं प्रतिबद्धता व्यक्त गरेका थिए ।
पौडेलसंग प्रमुख प्रशासकिय अधिकृतको रुपमा अर्घाखाँची, काठमाडौं, काभ्रे, संखुवासभा, दोलखा, तिलोत्तमा लगायतका स्थानमा काम गरेको अनुभव छ।
नगरप्रमुख ध्रुब प्रसाद खरेलको अध्यक्षता, उपप्रमुख बिद्यालक्ष्मी गुरुङको स्वागत मन्तव्य तथा योजना शाखाका प्रमुख रमेश गिरीको संचालन रहेको कार्यक्रममा देवदहका प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology