बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकार मातहत रहनेगरी प्रदेश बैंक स्थापना गर्ने भएकाे छ ।
लुम्बिनी प्रदेश सरकारकाे अर्थ तथा सहकारी मन्त्रालयले बैंक स्थापनाका लागि अन्तरक्रिया थालेकाे छ। मन्त्रालयले प्रदेशकाे नेपालगञ्ज र बुटवलमा अन्तरक्रिया कार्यक्रम गरेर बैंक स्थापनाका लागि सराेकारवालाहरू संग सुझाब लिएकाे हाे ।
शुक्रबार बुटवलमा आयाेजित अन्तरक्रिया कार्यक्रममा बाेल्दै अर्थमन्त्री कृष्णध्वज खड्काले प्रदेशकाे समग्र आर्थिक विकासका लागि बैंककाे आवश्यकता महसुस गरिएको बताए । उनले सराेकारवालाकाे सल्लाह बमाेजिम नै बैंकक स्थापना गरिने बताएका छन् ।
मन्त्रालयका सचिव नेत्र प्रसाद सुवेदीले प्रदेश बैंकले पुर्वाधार विकास, खाद्यान्न सुरक्षाकाे क्षेत्रमा लगानी गर्ने बताए । उनले प्रदेश बैंक प्रदेश सरकारकाे बित्तिय मध्यस्तकर्ताकाे रूपमा रहने जानकारी दिए । उनका अनुसार बैकमा ५१ प्रतिशत प्रदेश सरकारकाे र ४९ प्रतिशत निजि क्षेत्रकाे लगानी रहनेछ ।
राष्ट्र बैंकका निर्देशक रञ्जना पण्डितले लुम्बिनी प्रदेशमा वित्तिय संस्थाकाे अवस्थाका बारेमा विचार राखेकी थिइन् । उनले बैंक स्थापनाकाे बिषयमा कानुन बाझिएकाे उल्लेख गर्दै कानुनी अड्चन हटाएर मात्रै बैक स्थापना गर्न सुझाब दिइन् ।
कार्यक्रममा सहभागी सराेकारवालाहरूले बैंक स्थापना पछि सञ्चालनमा चुनाैती रहेकाे बताउँदै प्रदेश सरकारले बैंक स्थापना गर्दा स्थानिय सरकारलाई पनि सहभागी गराउनु पर्नेमा जाेड दिए ।
सरकारले बैंक स्थापनाका लागि अध्ययन समिती पनि गठन गरेकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology