Logo

२०८३, मंसिर १३गते


images
images

प्यालेस्टिनी जनतासँग ऐक्यबद्धता दिवस

आज विश्वभर प्यालेस्टिनी जनतासँग ऐक्यबद्धता दिवस मनाइँदै

आज विश्वभर प्यालेस्टिनी जनतासँग ऐक्यबद्धता दिवस मनाइँदै

images
  • आज विश्वभर प्यालेस्टिनी जनतासँग ऐक्यबद्धता दिवस मनाइँदै
    images

    काठमाडौं । प्यालेस्टिनी जनताको अधिकार र स्वतन्त्रताको समर्थनमा प्रत्येक वर्ष नोभेम्बर २९ मा मनाइने अन्तर्राष्ट्रिय ऐक्यबद्धता दिवस भोलि आइतबार विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

    images
    images
    images

    संयुक्त राष्ट्रसंघको महासभाले सन् १९७७ मा प्रस्ताव नम्बर ३२/४० बी पारित गर्दै यो दिवस मनाउने निर्णय गरेको थियो। सन् १९४७ नोभेम्बर २९ मा प्यालेस्टाइन विभाजनसम्बन्धी प्रस्ताव पारित भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

    images
    images

    यस वर्षको दिवसका अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टिनी जनताको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, न्याय र आत्मनिर्णयको अधिकार सुनिश्चित हुनुपर्ने बताएका छन् । उनले प्यालेस्टाइनमाथिको अवैध कब्जा अन्त्य गर्न, गाजामा मानवीय सहायता निर्बाध पुर्‍याउन र इजरायल तथा प्यालेस्टाइन दुई स्वतन्त्र राष्ट्रका रूपमा शान्तिपूर्ण सहअस्तित्व कायम गर्ने दुई राष्ट्र समाधान कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । 

    images

    गाजामा युद्धविरामपछि पनि मानवीय अवस्था कमजोर रहेको, नागरिक विस्थापन र हिंसा जारी रहेको तथा पश्चिम किनारमा बस्ती विस्तार र विस्थापनका घटनाले शान्तिको सम्भावना कमजोर बनाइरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। 

    दिवसका अवसरमा संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा नोभेम्बर २३ मै विशेष कार्यक्रम आयोजना गरिएको थियो। त्यस्तै, नोभेम्बर ३० मा जेनेभास्थित प्यालेस अफ नेसन्समा विशेष सभा आयोजना हुँदैछ। उक्त कार्यक्रम संयुक्त राष्ट्रसंघको वेब टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिनेछ । 

    यस दिवसले प्यालेस्टिनी जनताको आत्मनिर्णय, स्वतन्त्रता, सार्वभौमिकता र शरणार्थीको अधिकारप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षित गर्दै प्यालेस्टाइन समस्याको न्यायपूर्ण र दीर्घकालीन राजनीतिक समाधानको आवश्यकता स्मरण गराउँछ । 

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्यालेस्टिनी
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।