Logo

२०८३, मंसिर १३गते


images
images

नारायणगढ–मुग्लिन सडक

नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक पाँच घण्टा बन्द हुने

नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक पाँच घण्टा बन्द हुने

images
  • नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक पाँच घण्टा बन्द हुने
    images

    चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा आजदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले तुइनखोला सडकखण्डमा पहिरो रोकथामको काम अघि बढाउन मंसिर १३ गते आइतबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि दैनिक पाँच घण्टा सडक बन्द गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    प्रशासनले जारी गरेको सूचनाअनुसार प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म नारायणगढ-मुग्लिन सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोकिनेछ ।

    images
    images

    पहिरो रोकथामका क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सडक बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

    images

    तर काठमाडौं हुँदै मुग्लिन-आँबुखैरेनी भएर पोखरा जाने तथा सोही मार्गबाट फर्किने सवारीसाधनको आवागमन भने नियमित सञ्चालन हुने सूचनामा उल्लेख छ ।

    सडक बन्द हुने समयमा यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई समय मिलाएर यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ । यससम्बन्धी थप जानकारी तथा समन्वयका लागि जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सडक डिभिजन भरतपुरले सम्पर्क गर्न आग्रह गरेका छन् ।



    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नारायणगढ–मुग्लिन सडक
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।