Logo

२०८३, मंसिर १२गते


images
images

विकल्प सिमित भएपछि आइजेनकोटलाई प्रधानमन्त्रीको प्रस्ताव गर्दै नेतान्याहु

विकल्प सिमित भएपछि आइजेनकोटलाई प्रधानमन्त्रीको प्रस्ताव गर्दै नेतान्याहु

images
  • विकल्प सिमित भएपछि आइजेनकोटलाई प्रधानमन्त्रीको प्रस्ताव गर्दै नेतान्याहु
    images

    काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विपक्षी नेता गाडी आइजेनकोटलाई सत्ता साझेदारी गर्दै आलोपालो प्रधानमन्त्री बन्ने प्रस्ताव गर्ने तयारी गरेका छन् ।

    images
    images
    images

    इजरायली सञ्चारमाध्यमका अनुसार नेतान्याहुले नयाँ सरकार गठनको प्रयास रोक्न आइजेनकोटलाई आफू दोस्रो कार्यकालमा प्रधानमन्त्री बन्ने गरी आलोपालो नेतृत्वको प्रस्ताव गर्न सक्ने सम्भावना रहेको इजरायली मिडिया टाइम्स अफ इजरायलले उल्लेख गरेको छ । नेतान्याहुको दलभित्रै यस विषयमा मतभेद रहेको बताइएको छ । अनौपचारिक माध्यमबाट प्रस्ताव आइजेनकोटसम्म पुगिसकेको खबर पनि सार्वजनिक भएको छ ।

    images
    images

    तर आइजेनकोट नेतान्याहुको प्रस्तावप्रति विश्वस्त छैनन् । उनले आगामी डिसेम्बर ६ मा सरकार गठनको समयसीमा सकिनुअघि नै नयाँ सरकार गठन गर्ने तयारी गरिरहेका छन् । उनका अनुसार नेतान्याहुसँगको दुई साताको वार्तामा पर्याप्त प्रगति हुन सकेको छैन ।

    images

    इजरायल बेतेनु पार्टीका नेता अविग्दोर लिबरम्यानले नेतान्याहुको आलोपालो प्रधानमन्त्रीको प्रस्ताव नयाँ सरकार गठन रोक्ने राजनीतिक चाल मात्र हुन सक्ने चेतावनी दिएका छन् । उनले नेतान्याहु अन्ततः मध्यावधि निर्वाचन गराउने रणनीतिमा रहेको आरोप लगाएका छन् ।

    आइजेनकोटले भने नयाँ सरकार गठनका लागि विभिन्न दलसँग छलफल गरिरहेका छन् । उनको गठबन्धनमा यार गोलान र लिबरम्यानको दलले समर्थन जनाएका छन् । तर गठबन्धनसँग संसद्मा ४८ सिट मात्र रहेकाले बहुमतका लागि आवश्यक ६१ सिट जुटाउन चुनौती छ ।

    बहुमत पुर्‍याउन आइजेनकोटले अरब नेतृत्वका दल वा अति अर्थोडक्स यहुदी दलहरूको समर्थन लिनुपर्ने अवस्था छ । यसैबीच, नफ्ताली बेनेटको दलसँग पनि सरकार गठनका विषयमा छलफल भइरहेको छ । सैनिक सेवामा अति अर्थोडक्स समुदायलाई दिइँदै आएको छुट अन्त्य गर्ने विषयमा दलहरूबीच मतभेद देखिएको छ ।

    आइजेनकोटले नेतान्याहुको दलसँगको वार्तामा हमासको सन् २०२३ अक्टोबर ७ को आक्रमणसम्बन्धी घटनाको छानबिन, सरकारबाट विवादित नेताहरू हटाउने र सबै नागरिकका लागि अनिवार्य सैनिक वा राष्ट्रिय सेवा लागू गर्ने विषयमा सहमति हुन नसकेको बताएका छन् । उनले गम्भीर वार्ता र सम्झौताको सम्भावना भने अझै खुला रहेको बताएका छन् ।

    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।