Logo

२०८३, मंसिर १०गते


images
images

समाचार

स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी

स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी

images
  • स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी
    images

    काठमाडौं । राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र आर्थिक रूपमा दिगो बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी गरेको छ ।

    images
    images
    images

    यसैक्रममा बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको नेतृत्वमा स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष र सम्बन्धित निकायका प्रतिनिधिसँग छलफल भएको छ । मन्त्रालयले यसअघि पनि सरोकारवालासँग चरणबद्ध छलफल गर्दै आएको थियो ।

    images
    images

    मन्त्रालयका अनुसार ऐन संशोधनसम्बन्धी विधेयक तयार गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकिएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि विधेयक सङ्घीय संसद्मा दर्ता गरिनेछ ।

    images

    प्रस्तावित संशोधनमा सरकारी तथा निजी क्षेत्रका कर्मचारी, स्वरोजगार र अन्य नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने, योगदान सङ्कलन तथा उपचार सेवा भुक्तानी प्रणाली व्यवस्थित गर्ने र आर्थिक रूपमा योगदान गर्न नसक्ने नागरिकको उपचार खर्च राज्यले व्यहोर्ने व्यवस्था समेटिएको छ ।

    त्यस्तै, स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषबाट उपलब्ध उपचार सुविधाबीच समन्वय तथा एकीकरण गर्ने, स्वास्थ्य संस्थाको दायरा विस्तार गर्ने र अनावश्यक परीक्षण तथा अनुचित दाबी नियन्त्रण गर्ने विषय पनि प्रस्ताव गरिएको छ ।

    मन्त्री मेहताले आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपर्ने गरी स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले कानुनी तथा नीतिगत सुधार अघि बढाइएको बताएकी छन् ।

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्वास्थ्य बीमा
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।