देवदह । देवदह स्वास्थ्य चौकीको व्यवस्थापन टिम २४सै घण्टा आकस्मिक सेवाका लागि तयार भएको छ । मंगलबार बसेको स्वास्थ्य चौकीको बैठकले आवश्यक बजेट र थप जनशक्तिको लागि नगरपालिकाको ध्यानाकर्षण गराउँने निर्णय गर्दै व्यवस्थापन टिम त्यसको लागि तयार रहेको निर्णय गरेको हो ।
देवदह नगरपालिका वडा नं. ५ का अध्यक्ष समेत रहेका स्वास्थ चौकीका अध्यक्ष गणेश डुम्रेको अध्यक्षतामा बसेको प्रथम बैठकले स्वास्थ चौकीबाट २४सै घण्टा आकस्मिक सेवा प्रवाहका लागि स्वास्थ्य चौकी प्रशासन र व्यवस्थापन टिम तयार रहेको अवस्थामा आवश्यक बजेट र जनशक्ति व्यवस्थापनको लागि नगरपालिकाको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
स्वास्थ्य चौकीको प्रयोगशालाबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन व्यवस्थापन समितिबाट नियुक्त ल्याव टेक्निसियनलाई नगरपालिकाबाट नियुक्तिको लागि माग गर्ने निर्णय समेत समितिले गरेको अध्यक्ष डुम्रेले बताए ।
देवदह ५ मा निर्माणधिन अवस्थाको देवदह अस्पताल यथासक्य छिटो निर्माण गर्न नगरपालिकासंग पहल गर्ने निर्णय गर्दै समितिले स्वास्थ चौकी नगर अस्पतालको रुपमा स्तरउन्नति भैरहेको हुँदा नगरपालिकाबाट नियुक्त चिकित्सकलाई अन्यत्र परिचालन नगरी स्वास्थ्य चौकीबाट नियमित विशेषज्ञ स्वास्थ्य सेवा प्रवाहको व्यवस्था गर्न समेत देवदह नगरपालिकालाई अनुरोध गर्ने निर्णय गरेको छ ।
समितिले स्वास्थ्य चौकीबाट आकस्मिक स्वास्थ्यसेवा चौबीसै घण्टा प्रवाह गर्न, देवदह अस्पतालको निर्माण सुचारु गराउन, नेपाल सरकारले निशुल्क उपलब्ध गराउने औषधि नियमित गर्न र स्वास्थ चौकीबाट सहज आँखा उपचार सेवा संचालनको लागि पहल एवं ब्यवस्थापन गर्न उपसमिति समेत गठन गरेको छ । समिति सदस्य छबिराज गिरिको संयोजकत्वमा गठित उपसमितिको सदस्यमा रुद्रमान ढकाल, पार्वती न्यौपाने र डिलेस्वर श्रेष्ठ रहेका छन् ।
त्यसैगरी, देवदहमा संचालित एम्बुलेन्सहरुलाई देवदह स्वास्थ्य चौकी परिसरमा आलोपालो रहने व्यवस्था मिलाउनको लागि सम्बन्धीत पक्षसंग छलफल गर्ने निर्णय समेत समितिले गरेको छ ।
साथै साउन १३ गते परिचयात्मक स्वास्थ स्वयं सेविका सम्मान र बिदाइ कार्यक्रमसंगै गर्ने निर्णय समेत समितिले गरेको अध्यक्ष डुम्रेले सेतोमसीलाई बताए ।
मंगलबार सम्पन्न समितिको पहिलो बैठकले सल्लाहकार समेत नियुक्त गरेको छ । जसको संयोजकमा रुद्रमान ढकाल तथा सदस्यहरूमा बासु रिमाल, गोबिन्द ठडराइ, माधव रिमाल र श्री डिल्लीराम सापकोटा रहेका छन् ।
देवदह नगरपालिका वडा नं. ५ स्थित देवदह स्वास्थ्य चौकीको व्यवस्थापन समिति सोमबार मात्रै पुनर्गठन थियो ।स्वास्थ्य मन्त्रालयको स्वास्थ्य निर्देशिका एवं कार्यबिधीमा वडा अध्यक्ष स्वाथ्यचौकीको अध्यक्ष बन्ने प्रावधान अनुसार देवदह ५ का वडाध्यक्ष गणेश डुम्रेको अध्यक्षता रहने गरि सोमबार समिती पुनर्गठन भएको हो ।
नवगठित समितिको उपाध्यक्षमा बिमलादेबी दर्लामी र सदस्यहरूमा छवि गिरि, पार्वती न्यौपाने, पबित्रा देबि रिमाल, बामदेव पोखरेल र सचीवमा डिलेस्वर श्रेष्ठ रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology