Logo

२०८३, श्रावण २७गते


images
images

"आरोहणका लागि" नयाँ हिमाल खुला गर्ने सरकारको योजना

"आरोहणका लागि" नयाँ हिमाल खुला गर्ने सरकारको योजना

images
  • "आरोहणका लागि" नयाँ हिमाल खुला गर्ने सरकारको योजना
    images
    images

    काठमाडौं । सरकारले पर्वतारोहणका लागि नयाँ हिमाल खुला गर्ने भएको छ। पर्यटकीय गतिविधि बढाउन पाँच हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका थप हिमाल आरोहण खुला गर्न लागिएको हो।

    images
    images
    images

    आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालको पर्यटन क्षेत्र पुनरूत्थान कार्ययोजना सार्वजनिक गर्दै यसबारे जानकारी दिएको हो। आगामी ६ महिनाभित्र थप नयाँ हिमाल आरोहणका लागि खुला गर्ने सरकारको योजना छ।
    पर्यटक बढाउन नयाँ ट्रेकिङ पिक पनि खुलाउनुपर्ने सुझाव नेपाल पर्वतारोहण संघले दिएको छ। त्यसका लागि संघले एक सय ७३ वटा ट्रेकिङ पिक खुला गर्न मन्त्रालयलाई सुझाव दिएको संघका अध्यक्ष निमा निरू शेर्पाले बताइन् ।

    images
    images
    images

    पूर्वदेखि पश्चिमसम्म हिमाली भेगमा रहेको पिक खुला गर्नुपर्छ भन्ने हाम्रो अनुरोध हो,’ उनले भने, ‘त्यसो भयो भने छोटो समयमै ट्रेकिङ जाँदाजाँदै पिक चढ्न सकिन्छ।’

    images
    images
    images

    नयाँ पिक खुलेपछि पर्यटकले नयाँ गन्तव्य हुँदै हिमाल आरोहणमा जान सक्नेछन्। अहिले सगरमाथा, अन्नपूर्ण, लाङटाङ लगायत हिमाल र आसपासका क्षेत्र लोकप्रिय छन्। नयाँ पिक खुलेपछि अन्य हिमाल र पदमार्गको पनि प्रचार हुने उनी बताउँछन्। त्यससँगै पर्यटनसँग आबद्ध हुने आरोही, मजदुर, व्यवसायी र सरकारलाई फाइदा हुने उनको भनाइ छ ।

    सरकारले हाल चार सय १४ वटा हिमाल चढ्न खुला गरेको छ। पर्यटन विभाग र संघले छुट्टाछुट्टै हिमालका लागि आरोहण अनुमति दिन्छ। सरकारले संघलाई २७ वटा हिमाल व्यवस्थापनको जिम्मा दिएको छ। यसमा पनि ६ हजार ५ सयभन्दा कम उचाइ भएका हिमाल पर्छन्। बाँकी ३ सय ८७ वटा हिमालको व्यवस्थापन र अनुमति दिने काम विभागबाट हुन्छ।

    विशेषगरी वसन्त र शरद ऋतुमा भने हिमाल आरोहणका लागि विभिन्न मुलुकबाट पर्यटक नेपाल आउने गरेका छन्। सन् २०२१ मा एक हजार ४२७ जनाले विभिन्न हिमाल आरोहण गरेका छन्।

    एक सय ८० समुहबाट एक हजार १४८ जना पुरुष र २७८ जना पुरुष छन्। हिमाल आरोहणमा जानेको रोजाइमा सगरमाथा पर्ने गरेको छ। सन् २०२१ मा ४०४ जनाले सगरमाथा आरोहण गरेका छन्। 

    सबभन्दा बढी अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, चीन र भारत लगायत मुलुकका पर्यटकहरूले सगरमाथा, आमादब्लम, र मनास्लु हिमाल आरोहण गरेका हुन्। तथ्यांकअनुसार २५९ जना आमादब्लम, २०३ जना मनास्लु, १३१ जना ल्होत्से, ८४ जना धवलगिरि र ४४ जनाले अन्नपूर्ण हिमाल आरोहण गरेका छन्।
    हिमालको उचाइअनुसार आरोहण अवधि अर्थात् दिन तोकिएको हुन्छ। आठ हजार मिटरमाथिका हिमाल चढ्न ७५ दिन, ७ हजारदेखि ८ हजार मिटरका लागि ६० दिन र त्योभन्दा कम उचाइका लागि ४५ दिनको अवधि हुन्छ। 

    पर्वतारोहण र हिमाली क्षेत्रमा पदयात्रा गर्न आउनेहरू खर्चालु पर्यटकको सूचीमा पर्छन्। लामो समय नेपालमा रहनुपर्ने भएकाले बसाइअनुसार खर्च धेरै गर्नुपर्ने हुन्छ। सन् २०२१ मा आरोहीहरूबाट ५९ करोड ७० लाख ९९ हजार रूपैयाँ राजस्व संकलन भएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पर्यटन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।