Logo

२०८३, मंसिर ९गते


images
images

एनभिडियाको सेयरबाट ट्रम्पलाई डेढ करोड डलरसम्म नाफा भएको दाबी !

एनभिडियाको सेयरबाट ट्रम्पलाई डेढ करोड डलरसम्म नाफा भएको दाबी !

images
  • एनभिडियाको सेयरबाट ट्रम्पलाई डेढ करोड डलरसम्म नाफा भएको दाबी !
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिप निर्माता कम्पनी एनभिडियाको सेयरबाट १ करोड ५० लाख अमेरिकी डलरसम्म नाफा कमाएको दाबी गरिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङ पुनः पदमा फर्किएपछि एनभिडियाको सेयर मूल्य ३१.५ प्रतिशत बढ्दा ट्रम्पलाई फाइदा पुगेको विवरणमा उल्लेख छ ।

    images
    images
    images

    एनभिडियाको सञ्चालक समितिले नोभेम्बर १२ मा पदबाट हटाएका हुआङलाई ११ दिनपछि पुनः अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । ट्रम्पले कम्पनीको सञ्चालक समितिसँग आफूले कुरा गरेर हुआङलाई पुनः पदमा फर्काउन सहमत गराएको दाबी गरेका छन् । उनले नोभेम्बर २२ मा सामाजिक सञ्जालमार्फत पनि हुआङलाई पुनः नियुक्त गर्न आग्रह गरेका थिए ।

    images
    images

    हुआङको पुनरागमनको खबरपछि एनभिडियाको सेयर मूल्य प्रतिकित्ता १६५.०५ डलर पुगेको थियो । यससँगै कम्पनीको बजार मूल्य करिब ९५० अर्ब डलरले बढेको थियो । ‘फाइनान्सियल टाइम्स’का अनुसार ट्रम्पसँग एनभिडियाका ३ लाख ७० हजार कित्तासम्म सेयर हुन सक्ने अनुमान छ । यसअघि बीबीसीले उनले २ करोड ३० लाखदेखि ८ करोड ६० लाख डलरसम्मका सेयर खरिद गरेको जनाएको थियो ।

    images

    ट्रम्पको हस्तक्षेप र सेयर कारोबारलाई लिएर अमेरिकामा प्रश्न उठेको छ । एरिजोनाका डेमोक्रेटिक सिनेटर रुबेन गालिगोले हुआङको पुनरागमनसम्बन्धी घोषणा हुनुअघि सेयर बजारमा भएका कारोबारको अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

    हुआङ पुनः पदमा फर्किए पनि एनभिडियाका चिप चीनको सेनासम्म पुगेको आशङ्का र चीनको कृत्रिम बुद्धिमत्ता क्षमता विस्तारमा तिनको भूमिकाबारे अमेरिकी संसद्को अनुसन्धान जारी रहने भएको छ । हुआङ र कम्पनीका कानुनी सल्लाहकार टिम टेटर डिसेम्बर १, २ र ३ मा संसदीय समितिसमक्ष उपस्थित हुने जनाइएको छ ।

    हुआङको पुनरागमनको प्रभाव एसिया–प्रशान्त क्षेत्रका सेयर बजारमा पनि देखिएको छ। ताइवानको टीडब्लू५० सूचक ९.५ प्रतिशत, दक्षिण कोरियाको कोस्पी ६.५ प्रतिशत र जापानको निक्केई सूचक करिब ४ प्रतिशत बढेको विवरणमा उल्लेख छ । कृत्रिम बुद्धिमत्ता क्षेत्रमा लगानी र बजारको उतारचढावबीच अमेरिकी केन्द्रीय बैंकले डिसेम्बरमा ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाउन सक्ने अनुमानसमेत गरिएको छ ।

    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।