काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले पूर्व सभापति शेरबहादुर देउवालाई जथाभावी नबोल्न चेतावनी दिदै राजनीतिक लेभल मेन्टेन गर्न आग्रह गरेका छन् ।
काँग्रेस केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले देउवाले राजनीतिक मन्चमा आफ्नो बारेमा र अदालतको बारेमा टिप्पणी गर्ने गरेको उल्लेख गर्दै जीवनको यो क्षणमा राजनीतिक मर्यादा ननाघ्न आग्रह गरेका हुन् ।
जेनजी आन्दोलनका क्रममा देउवाको घर गगन थापाले जलाएको हो भनेर सोध्दा देउवाले टाउको हल्लाएर सहमति जनाएको एक भिडियो आफूले हेरेको प्रसंग सुनाउदै थापाले भने- 'त्यो उमेर र कदको नेताको बोली राजनीतिक हुनुपर्छ। असहमति पनि राजनीतिक हुनुपर्छ। सीमा र मर्यादाभित्र हुनुपर्छ ।'
देउवाले विभिन्न सार्वजनिक मञ्चबाट दिएका अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै थापाले त्यसपछि गुनासो नभएर देउवाप्रति प्रेम र चिन्ताका कारणले सुझाव दिएको बताए । उनले भने- 'तपाइँ अग्लो हुनुहुन्छ, अग्लाइमै बस्नुस् । तपाईंले आफ्नो लेबल मेन्टेन गर्नुस् ।'
सभापति थापाले देउवाको अदालतमा चलखेल भएको भन्ने अभिव्यक्तिप्रति प्रश्न उठाउदै अदालतमा कसले वारेस राखेको छ भन्ने विषय खोज्न सञ्चार क्षेत्रलाई आग्रह गरे ।
उनले भने- 'अदालतमा वारेस कसले हालेको हो, खोज्नुहोस्, त्यसपछि देउवा बोल्न छाड्नुहुन्छ ।'
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology