सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका-१० भवटीस्थित सामुदायिक वनको ओडारमा लुकाइछिपाइ राखिएका ८ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो करिब १ बजे सामुदायिक वनको ओडारमा लुकाइएको अवस्थामा ती बन्दुक फेला पारेको हो । प्रहरीका अनुसार बरामद बन्दुकमध्ये ७ नाल साबुत र एक नाल बेसाबुत रहेका छन् ।
बरामद गरिएका बन्दुक आवश्यक कारबाहीका लागि प्रहरी चौकी बनगाडमा राखिएको छ । बन्दुक कसले र कुन प्रयोजनका लागि लुकाएको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology