Logo

२०८३, मंसिर ८गते


images
images

नेपालमा निर्धक्क भएर नेपालमा लगानी गर्न भारतीय उद्योगीलाई अर्थमन्त्री डा. वाग्लेको आव्हान

नेपालमा निर्धक्क भएर नेपालमा लगानी गर्न भारतीय उद्योगीलाई अर्थमन्त्री डा. वाग्लेको आव्हान

images
  • नेपालमा निर्धक्क भएर नेपालमा लगानी गर्न भारतीय उद्योगीलाई अर्थमन्त्री डा. वाग्लेको आव्हान
    images

    काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी तथा व्यवसायीलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन् ।

    images
    images
    images

    प्रधानमन्त्री बालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले आइतबार नयाँदिल्लीस्थित होटल ताजमा आयोजित नेपाल–भारत व्यापारिक छलफललाई सम्बोधन गर्दै यस्तो आह्वान गरेका हुन् ।

    images
    images

    भारतीय उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा उनले सूचना प्रविधि, जलविद्युत् र यातायात तथा अन्य पूर्वाधार सम्पर्कका क्षेत्रमा नयाँ लगानी गर्न भारतीय उद्योगी व्यवसायीलाई आग्रह गरे । नेपालमा यसअघि नै लगानी गरिरहेका भारतीय कम्पनीलाई समेत लगानी विस्तार गर्न उनले आह्वान गरे ।

    images

    ‘नेपाल अहिले लगानीका लागि उर्वर वातावरण र सम्भावना भएको ठाउँ हो,’ अर्थमन्त्री वाग्लेले भने, ‘सूचना प्रविधि, जलविद्युत् र पूर्वाधार सम्पर्कका क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्नुहोस्। नेपालमा लगानी गरेकाहरूले पनि आफ्नो लगानी विस्तार गर्नुहोस् ।’

    उनले नेपालमा लगानीको वातावरण सुधार गर्न सरकारले कानुनी तथा नीतिगत सुधारलाई सरल र लगानीमैत्री बनाउँदै लगेको बताए । लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता तथा नाफा फिर्ता लैजान आवश्यक कानुनी सहजीकरणका लागि सरकारले विशेष पहल गरिरहेको उनको भनाइ थियो ।

    कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमण टोलीमा सहभागी नेपाली उद्योगी व्यवसायीका साथै डेढ दर्जनभन्दा बढी भारतीय उद्योगी व्यवसायी र प्रतिष्ठित भारतीय कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो।

     

     

    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।