Logo

२०८३, मंसिर ३गते


images
images

देश आतंकको छायाँमुनि चलिरहेको छ, सबै क्षेत्रमा निराशा बढ्यो: ओली

देश आतंकको छायाँमुनि चलिरहेको छ, सबै क्षेत्रमा निराशा बढ्यो: ओली

images
  • देश आतंकको छायाँमुनि चलिरहेको छ, सबै क्षेत्रमा निराशा बढ्यो: ओली
    images

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश आतंकको छायाँमुनि चलिरहेको टिप्पणी गरेका छन् । 

    images
    images
    images

    बुधबार राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले स्वेच्छाचारी शासन चलिरहेको बताए । 

    images
    images
    images

    उनले भने 'अहिले देश आतंकको छायाँमुनि, भय र त्रासको वातावरणमुनि, असंवैधानिक गैरकानुनी क्रियाकलापको पेलाइमा स्वेच्छाचारी शासनअन्तर्गत चलिरहेको छ ।' 

    images
    images

    उनले फासीवादतर्फ, दमनकारी प्रतिशोधी व्यवहार अघि बढिरहेको बताउदै आर्थिक हिसाबले देश अधोगतिमा गइरहेको र सामाजिक मूल्यमान्यता खस्किरहेको टिप्पणी गरेका छन् ।

    यस्तो अवस्थामा सबै जनता अगाडी आउनुपर्ने भन्दै एमालेले सबैलाई एक ठाउमा ल्याएर आन्दोलनको नेतृत्व गर्ने बताए ।

    ओलीले अहिलेको सरकार जनताप्रति उत्तरदायी नभएको बताउदै निर्वाचनपश्चात बनेको सरकारको कामबाट सबै क्षेत्रमा निराशा मात्र बढिरहेको बताए । उनले असंवैधानिक ढंगले भएको संसद् विघटन भएको दोहोर्‍याए। ओलीले अदालतले केही नभएजस्तो गरी असंवैधानिक ढंगले विघटन भएको संसद्को मुद्दा केही नभएजस्तो गरी अदालतमा थन्किएको भन्दै आपत्ति जनाए ।

    उनले जनतालाई झुक्याएर छलेर जेनजी विद्रोहको बहाना बनाएर तालिम प्राप्त अपराधि भित्र्याएर देशमा वितण्डता मनाइएको र राज्यका तीनै अंगमाथि हमला भएको टिप्पणी गरे ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।