Logo

२०८३, आश्विन १०गते


images
images

जातीय, भाषिक र सांस्कृतिक विविधता नेपालको राष्ट्रिय सौन्दर्य र शक्ति हो: ओली

जातीय, भाषिक र सांस्कृतिक विविधता नेपालको राष्ट्रिय सौन्दर्य र शक्ति हो: ओली

images
  • जातीय, भाषिक र सांस्कृतिक विविधता नेपालको राष्ट्रिय सौन्दर्य र शक्ति हो: ओली
    images
    images

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्व आदिवासी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आदिवासी समुदायका दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना दिदै समुदायको हक, अधिकार, संस्कृति र पहिचानको सम्मान गर्ने दिवसका रूपमा विश्व आदिवासी दिवसको महत्व रहेको बताएका छन् ।

    images
    images
    images

    उनले नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधता राष्ट्रिय सौन्दर्य र शक्ति भएको उल्लेख गरेका छन् । आपसी मेलमिलाप, सहअस्तित्व र एकताले राष्ट्रिय सामर्थ्य थप बलियो बनाउने उनको भनाइ छ । ओलीले नेपालको संविधानले सबै समुदायको समान अधिकार तथा समावेशी र सहभागितामूलक प्रतिनिधित्वको सुनिश्चितता गरेको बताएका छन् ।

    images
    images
    images

    उनले समावेशी लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समृद्ध नेपाल निर्माणको साझा लक्ष्यमा एकताबद्ध हुन सबैलाई आह्वानसमेत गरेका छन् ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।