Logo

२०८३, मंसिर २गते


images
images

ओलम्पिक क्रिकेट

लस एन्जलस ओलम्पिक क्रिकेटको छनोट बंगलादेश र अमेरिकामा हुने

लस एन्जलस ओलम्पिक क्रिकेटको छनोट बंगलादेश र अमेरिकामा हुने

images
  • लस एन्जलस ओलम्पिक क्रिकेटको छनोट बंगलादेश र अमेरिकामा हुने
    images

    काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक खेलकुदका लागि क्रिकेटको अन्तिम छनोट प्रतियोगिता बंगलादेश र अमेरिकामा आयोजना गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    इन्डोनेसियाको बालीमा बसेको आईसीसी बैठकले पुरुषतर्फको छनोट प्रतियोगिता सन् २०२८ फेब्रुअरी ५ देखि १३ सम्म बंगलादेशमा र महिलातर्फको छनोट प्रतियोगिता फेब्रुअरी २६ देखि मार्च ५ सम्म अमेरिकामा आयोजना गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    दुवै छनोट प्रतियोगितामा आठ-आठ टोली सहभागी हुनेछन्। टोलीलाई चार–चार सदस्यीय दुई समूहमा विभाजन गरिनेछ । प्रत्येक टोलीले आफ्नो समूहका अन्य टोलीसँग एक-एक खेल खेल्नेछ । दुवै समूहका विजेताबीच फाइनल हुनेछ । फाइनल जित्ने टोलीले लस एन्जलस ओलम्पिकमा स्थान सुरक्षित गर्नेछ। प्रत्येक छनोट प्रतियोगितामा कुल १३ खेल हुनेछन् ।

    images
    images

    यसैबीच, आईसीसीले सन् २०२८ को पुरुष टी-२० विश्वकप छनोट प्रतियोगिताको संरचना पनि सार्वजनिक गरेको छ । मुख्य प्रतियोगिताभन्दा करिब छ महिना अगाडि सन् २०२८ को पहिलो तीन महिनाभित्र १६ टोलीबीच छनोट प्रतियोगिता आयोजना हुनेछ । अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने टी-२० विश्वकप अक्टोबर १२ देखि नोभेम्बर १२ सम्म सञ्चालन हुनेछ।

    आईसीसीले सन् २०३५ सम्मका प्रमुख पुरुष क्रिकेट प्रतियोगिताको समयतालिका पनि अन्तिम रूप दिएको छ। सन् २०३१ को विश्व टेस्ट च्याम्पियनसिपको फाइनल इंग्ल्यान्डमा जुन १२ देखि १६ सम्म आयोजना हुनेछ। यसअघि पनि सन् २०२९ सम्मका फाइनल इंग्ल्यान्डमै आयोजना गर्ने तय भइसकेको थियो ।

    सन् २०३२ देखि २०३५ सम्मका प्रतियोगिता

    आईसीसीले सन् २०३२ देखि २०३५ सम्मको अवधिमा दुई टी–२० विश्वकप, दुई विश्व टेस्ट च्याम्पियनसिपको फाइनल, एकदिवसीय विश्वकप र च्याम्पियन्स ट्रफी आयोजना गर्ने निर्णय गरेको छ । निर्धारित योजनाअनुसार सन् २०३२ र २०३४ मा टी–२० विश्वकप, सन् २०३३ र २०३५ मा विश्व टेस्ट च्याम्पियनसिपको फाइनल, सन् २०३३ मा च्याम्पियन्स ट्रफी र सन् २०३५ मा एकदिवसीय विश्वकप आयोजना हुनेछ ।

    यी प्रतियोगिताको आयोजक देश भने सार्वजनिक गरिएको छैन। आईसीसीले सन् २०३२ देखि २०३५ सम्मका प्रतियोगिताका लागि कुन प्रक्रिया अपनाएर आयोजक छनोट गर्ने भन्ने विषय पनि खुलाएको छैन। यद्यपि, सार्वजनिक गरिएको समयतालिकाका आधारमा ती प्रतियोगिता दक्षिणी गोलार्धका देशमा आयोजना हुन सक्ने अनुमान गरिएको छ ।

    आईसीसीको बाली बैठकमा सन् २०३५ सम्मका प्रमुख प्रतियोगिताको समय निर्धारण गरिए पनि सन् २०३२ देखि २०३५ सम्म पुरुष क्रिकेटमा कुनै नयाँ बहुराष्ट्रिय प्रतियोगिता थपिएको छैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।