काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूमाथि टिप्पणी गरेका छन् । उनले सांसदहरूको चीन भ्रमणलाई तातोपानी नाका सञ्चालनसँग जोड्दै भ्रमणबाट नाका खुलाउने पहल हुन्छ कि हुँदैन भन्दै प्रश्न गरेका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत कोप–३१ सम्मेलनमा जलवायु विषयका लागि गएको टोली फर्किएलगत्तै सांसदहरूको टोली चीन पुगेको उल्लेख गरेका छन् ।
बाँस्कोटाले लेखेका छन्, ‘कोप ३१ समिटमा जलवायु १०० टोली हावा खाएर फर्कनासाथ सांसदको टोली चीन पुगिसकेछ। तातोपानी मात्र पिएर आउँछन् कि नाका खुलाएर ?’
उनले धुलिखेल–खावा सडकको अवस्थालाई पनि व्यङ्ग्य गर्दै प्रधानमन्त्रीहरूको भ्रमण र सडकको धुलोको प्रसङ्ग जोडेर टिप्पणी गरेका छन् । साथै, तातोपानी नाका सञ्चालनको विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराउने शैलीमा उनले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology