Logo

२०८३, आश्विन ९गते


images
images

३५ जना सहभागीका साथ लुम्बिनी प्रदेशमा 'टिभिएस एओजी'को पहिलो राइड सम्पन्न

३५ जना सहभागीका साथ लुम्बिनी प्रदेशमा 'टिभिएस एओजी'को पहिलो राइड सम्पन्न

images
  • ३५ जना सहभागीका साथ लुम्बिनी प्रदेशमा 'टिभिएस एओजी'को पहिलो राइड सम्पन्न
    images
    images

    बुटवल । टू-ह्वीलर्स कम्पनी 'टिभिएस'ले आफ्नो ग्राहकको लागि अपाचे ओनर्स ग्रुप (एओजी) नामक ग्रुप बनाएको छ । जुन अपाचे धनी र रोमाञ्चक 'राइड'मा सहभागी हुन इच्छुक उत्साहीहरूको समूह हो । 

    images
    images
    images

    सोही ग्रुपले असार ३२ गते शनिवारको दिन आफ्नो पहिलो राइड बुटवल देखी गजेडी तालसम्म सम्पन्न गरेको छ । कुल ३५ सहभागीहरू सहित टिभिएसले उक्त राईड गरेको हो ।

    images
    images
    images

    विभिन्न पेसाका सहभागीहरूले भाग लिएको एओजीमा सहभागीकोलागि २०० भन्दा धेरै आवेदन परेपछि ३५ जना चयन गरि राइड गरिएको टिभिएसका लुम्बिनी, कर्णाली र सुदुरपश्चिम मार्केटिङ प्रमुख धनिराम भुसालले बताए । लुम्बिनी प्रदेशमा भएको संस्करण लागि दर्ता भएका बाँकी राइडर्सहरूलाई लुम्बिनी कै भविष्यमा हुने अरू संस्करणहरूमा उपस्थित गराउने जनाएको छ।
     
    टिभिएसले आफ्नो ग्राहकको लागि विभिन्न कार्यक्रम र एड्भेन्चर राइड सञ्चालन गरिरहेको हुन्छ । सोही क्रममा  लुम्बिनी प्रदेशसंगै बागमती र गण्डकी प्रदेशमा पनि एओजी राइड गरिसकेको कम्पनीले जनाएको छ ।

    images
    images
    images

    यसप्रकारका राइडमा सहभागीहरूले अन्तर्राष्ट्रिय कार्यक्रमहरूको पनि भाग हुने मौका पाउँने टिभिएसले जनाएको छ । राइड अनुभवी मार्सलहरुको निगरानीमा हुने र राइडर्हरूलाई 'रोड सेफ्टी' जस्ता विभिन्न प्रशिक्षण दिईने गरिन्छ । बिजेता राइडर्सहरुलाई पुरस्कारको साथै सबै सहभागी राइडर्सलाई उपहार समेत दिने गरिन्छ ।
     
    जगदम्बा मोटर्सका प्रतिनिधि समेत रहेका टिभिएसका ब्रान्ड म्यानेजर प्रशान्त राज भण्डारीले राइडर्सहरुको धेरै उत्साहजनक सहभागीता देखेर हामी निकै खुशी लागेको बताएका छन् । उनले भने, 'हामी चाडै नै एओजीबाट फेरी अर्को यात्रा सञ्चालन गर्नेछौ।'
     
     
    बुटवलदेखि गजेडी तालदेखीको राइडमा सहभागी भएका आयुष नेपालले आफू जस्तै एपाचे प्रेमी भेट्न पाउँदा र राइडमा सहभागी हुँदा बेग्लै खुसी लागेको बताए ।

     
    जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एक मात्र आधिकारिक वितरक हो । नेपालभर १३२ भन्दा बढी डिलरहरुको राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न सफल हुँदै आएको छ ।

    गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण टिभिएस नेपालको अधिकतम रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको टिभिएसका मार्केटिङ प्रतिनिधिहरू बताउँछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।