Logo

२०८३, कार्तिक २८गते


images
images

एनपीएल

काठमाडौँलाई हराउदै सुदुरपश्चिम एनपीएलको प्लेअफमा

काठमाडौँलाई हराउदै सुदुरपश्चिम एनपीएलको प्लेअफमा

images
  • काठमाडौँलाई हराउदै सुदुरपश्चिम एनपीएलको प्लेअफमा
    images

    काठमाडौँ । सुदुरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा काठमाडौँ गोर्खाजलाई पराजित गरेको छ । सुदुरपश्चिमले काठमाडौँलाई ७ रनले पराजित गरेको छ । सुदुरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछाएको काठमाडौँले २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्र बनाएको थियो ।

    images
    images
    images

    काठमाडौँका लागि राशिद खानले अविजित ३५ रन बनाएका थिए भने दुशन हेमान्थाले २१ रन बनाएका थिए ।

    images
    images
    images

    त्यस्तै सुदुरपश्चिमका बलर अनिल खरेलले २ विकेट लिए भने फाबियन एलेन, हेमन्त धामी र स्कट कुगेलेनले एक एक विकेट लिएका थिए ।     

    images
    images

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सुदुरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो ।

    सुदुरपश्चिमका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ६० रन बनाएका थिए । २.३ ओभरमा ८ रन बनाएर ४ विकेट गुमाएको सुदुरपश्चिमलाई दिपेन्द्र र आरिफ सेखले सम्हालेका थिए । आरिफ १६ रन बनाएर आउट भए हने थरिन्दु रत्नायाकेले अविजित २६ रन बनका थिए ।

    त्यसैगरी काठमाडौँका बलर जहानदाद खानले ३ विकेट लिए भने सन्तोष यादवले २ विकेट लिएका थिए ।

    यो जितपछि सुदुरपश्चिम रोयल्सको ७ खेलमा १० अंक भएको छ र प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । त्यस्तै काठमाडौँ गोर्खाजको भने ६ खेलमा ८ अंक रहेको छ ।

    यसअघि लुम्बिनी लायन्स पनि प्लेअफमा पुगिसकेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।