Logo

२०८३, कार्तिक २८गते


images
images

अन्तर्राष्ट्रिय

नजरबन्दमा सोनम वाङ्चुक

नजरबन्दमा सोनम वाङ्चुक

images
  • नजरबन्दमा सोनम वाङ्चुक
    images

    काठमाडौं । भारतका जलवायु अभियन्ता सोनम वाङ्चुकले प्रहरीले आफूलाई घरमै नजरबन्द गरेको आरोप लगाएका छन् । बिहीबार राति भिडियो सार्वजनिक गर्दै उनले आफ्नो घरबाहिर ठूलो संख्यामा प्रहरी र अर्धसैनिक बल परिचालन गरिएको तथा घरबाट बाहिर निस्कन नदिइएको बताएका छन् । तर लद्दाख प्रहरीले भने यो नजरबन्द नभई निर्वाचनका क्रममा लागू गरिएको निषेधाज्ञाको पालना मात्रै भएको जनाएको छ ।

    images
    images
    images

    लद्दाखमा आगामी डिसेम्बर ४ मा हुने पहाडी विकास परिषद्को निर्वाचन जाडो मौसममा नगर्नुपर्ने माग गर्दै वाङ्चुकसहित विभिन्न संगठनले विरोध गरिरहेका छन् । डिसेम्बरमा तापक्रम माइनस १५ देखि २५ डिग्रीसम्म झर्ने र धेरै स्थानीय बासिन्दा जाडो छल्न अन्य क्षेत्रमा जाने भएकाले निर्वाचन अप्रिल–मे २०२७ मा सार्नुपर्ने उनीहरूको माग छ । निर्वाचन क्षेत्र निर्धारणमा समेत पर्याप्त छलफल नगरी हतारमा निर्णय गरिएको भन्दै विरोध भइरहेको छ ।

    images
    images
    images

    प्रहरीले एक दिनअघि प्रदर्शनस्थलबाट वाङ्चुकलाई हटाएर उनको घर पुर्‍याएको थियो । सञ्चारमाध्यमका अनुसार उनलाई ६० दिनसम्म लेह आउजाउमा प्रतिबन्ध लगाउने आदेशसमेत जारी गरिएको छ । वाङ्चुकले शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन रोक लगाइएको विषयमा अदालत जाने बताएका छन् । 

    images
    images

    उनले सन् २०२५ सेप्टेम्बर २४ मा भएको हिंसात्मक घटनासम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेका छन् । लद्दाखलाई पूर्ण राज्यको मान्यता दिनुपर्ने मागसहित भएको आन्दोलनका क्रममा गत वर्ष सेप्टेम्बर २४ मा हिंसा भड्किँदा चार जनाको मृत्यु भएको थियो भने ८० भन्दा बढी आन्दोलनकारी र ३० सुरक्षाकर्मी घाइते भएका थिए । यसपटक डिसेम्बर ४ मा लद्दाखका आठ जिल्लामा पहिलोपटक आठवटा स्वायत्त पहाडी विकास परिषद्का लागि निर्वाचन हुँदैछ । मतदान बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ भने मतगणना डिसेम्बर ८ मा हुने तय गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सोनम वाङ्चुक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।