Logo

२०८३, कार्तिक २६गते


images
images

एनभिडियाले आफ्ना कार्यकारी हुआङको अफ्येर्स अनुसन्धान गर्न प्रतिष्ठित ल फर्मलाई दियो जिम्मा

एनभिडियाले आफ्ना कार्यकारी हुआङको अफ्येर्स अनुसन्धान गर्न प्रतिष्ठित ल फर्मलाई दियो जिम्मा

images
  • एनभिडियाले आफ्ना कार्यकारी हुआङको अफ्येर्स अनुसन्धान गर्न प्रतिष्ठित ल फर्मलाई दियो जिम्मा
    images

    काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाले प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङको चिनियाँ जासुससँग प्रेम सम्बन्ध रहेको आरोपबारे स्वतन्त्र अनुसन्धान गर्ने भएको छ ।

    images
    images
    images

    कम्पनीले अनुसन्धानका लागि अमेरिकाको प्रतिष्ठित ल फर्म वाच्टेल, लिप्टन, रोजेन एन्ड काट्जलाई नियुक्त गरेको छ । अनुसन्धानको नेतृत्व पूर्वअमेरिकी सरकारी वकिल जुन किमले गर्नेछन् । यस विषयमा अमेरिकी सङ्घीय अनुसन्धान निकायले पनि छुट्टै अनुसन्धान गरिरहेको छ ।

    images
    images
    images

    हुआङले विवाहबाहिर प्रेम सम्बन्ध रहेको स्वीकार गरेका छन् । एलिस हुआङ नामकी महिलालाई चीनका लागि जासुसी गरेको आरोप लागेको छ । उनी सिङ्गापुरको मेगास्पिड नामक कम्पनीमा कार्यकारी पदमा थिइन् । उक्त कम्पनीले एनभिडियाका चिप चीन पुर्‍याउन सहयोग गरेको आशङ्का गरिएको थियो । तर एनभिडियाले यसअघि नै उक्त आरोपको अनुसन्धान गरी खण्डन गरिएको जनाएको थियो ।

    images
    images

    यस प्रकरण सार्वजनिक भएपछि एनभिडियाको बजार मूल्यमा ठूलो गिरावट आएको छ । शुक्रबारयता कम्पनीको बजार पुँजीकरणबाट करिब पाँच खर्ब अमेरिकी डलर घटेको छ । अमेरिकी संसद्को विदेश मामिला समितिले पनि हुआङलाई अर्को साता बन्द बैठकमा उपस्थित भएर स्पष्टीकरण दिन आग्रह गरेको छ ।

    एनभिडियाको सञ्चालक समितिले भने कम्पनीको गोप्य सूचना वा राष्ट्रिय सुरक्षामा असर परेको विश्वास गर्ने कुनै आधार नरहेको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हुआङसँग कुराकानी गरेको र उनले ती महिला जासुस भएको आफूलाई थाहा नभएको बताएको उल्लेख गरेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जेन्सेन हुआङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।