Logo

२०८३, कार्तिक २४गते


images
images

देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेका २८ जना पक्राउ

देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेका २८ जना पक्राउ

images
  • देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेका २८ जना पक्राउ
    images

    काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा काठमाडौंसहित चार जिल्लाबाट २८ जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट १० लाख ७ हजार ८४५ रुपैयाँ नगद र २१ बुक तास बरामद गरिएको छ ।

    images
    images
    images

    काठमाडौं महानगरपालिका–४ बालुवाटारस्थित नेपाल हाउस रेस्टुरेन्टबाट ४९ वर्षीय सुनिल श्रेष्ठसहित नौ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट ६ लाख ८५ हजार १९५ रुपैयाँ र नौ बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    त्यस्तै, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ स्थित एक घरबाट घरधनी देवबहादुर चन्दसहित सात जना पक्राउ परेका छन् । उनीहरूको साथबाट १ लाख ७७ हजार ६०० रुपैयाँ र १० बुक तास बरामद गरिएको छ ।

    images
    images

    भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित एक टहराबाट वाङ्गेल लामासहित छ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट ७२ हजार ७५० रुपैयाँ र एक बुक तास बरामद भएको छ । त्यस्तै, चितवनको खैरहनी नगरपालिका–१० जीवनपुर चोकबाट अनिश पाठकसहित छ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट ७२ हजार ३०० रुपैयाँ र एक बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।