Logo

२०८३, कार्तिक २४गते


images
images

सकियाे बुटवल दीपावली सडक खाना महोत्सव

सकियाे बुटवल दीपावली सडक खाना महोत्सव

images
  • सकियाे बुटवल दीपावली सडक खाना महोत्सव
    images

    बुटवल । बुटवलकाे सुख्खानगरमा सञ्चालन गरिएकाे दीपावली सडक खाना महाेत्सव-२०८३ सकिएकाे छ । तिहारको अवसरमा बुटवल उद्याेग वाणिज्य संघ, रुपन्देहीले आयाेजना गरेकाे दीपावली सडक खाना महाेत्सव आईतबार राती सकिएकाे हाे । 

    images
    images
    images


    बुटवल उपमहानगरपालिका संरक्षकत्वमा वडा नं. ८ सुख्खानगरस्थित शुक्रपथमा आयाेजना गरिएकाे महाेत्सवमा खानाका परिकार, तिहारका सामग्री तथा स्थानीय उत्पादनका गरी ५५ वटा स्टल राखिएकाे थियाे । 

    images
    images
    images


    महोत्सवमा विभिन्न जातजातिका मौलिक संस्कृति र परम्परासँग जोडिएका रैथाने खानाका परिकार, फूलमाला, खाद्यान्न तथा तिहारमा आवश्यक सामग्री बिक्री गरिएकाे थियाे । 

    images
    images


    स्थानीय उत्पादन, खानाका परिकार र व्यवसायको प्रवर्द्धन गर्दै उद्यमी तथा व्यवसायीलाई बजार विस्तारको अवसर प्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको र बुटवलबासीकाे उत्साहजनक सहभागिताले आफूहरुलाई थप हाैसला मिलेकाे संघका अध्यक्ष नरिश्वर शर्मा पाैडेलले बताए ।

    महोत्सवले दीपावलीको सांस्कृतिक महत्व र मौलिक परम्पराको संरक्षणसँगै बुटवलको आर्थिक तथा व्यावसायिक गतिविधि बढाएकाे भन्दै उनले खुसी व्यक्त गरे ।


    महोत्सवमा खानाका परिकारसँगै सांस्कृतिक प्रस्तुति र मनोरञ्जनका कार्यक्रमसमेत गरिएकाे थियाे । कार्यक्रम समापनमा संघले शुक्र टाेबिकास समिति र बुटवल ८ वडा कार्यालयलाई सम्मान गरेकाे छ । संघले महाेत्सव सम्पन्न गर्नका लागि साथ सहयाेग गरेकाेमा सम्मान गरेकाे हाे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।