विष्णु पोखरेल, बुटवल । रूपन्देही जहाँ महामानव सिद्धार्थ गौतम जन्मिए । यही रुपन्देही कै माटोमा राजपरिवारमा जन्मिएका सिद्धार्थ गौतमले राजकुमारले प्राप्त गर्ने सम्पूर्ण सुखभोग त्याग गर्दै शान्तिको खोजिमा निस्किए र अन्ततः बुद्धत्व प्राप्त गरि गौतम बुद्ध बनेर संसारलाई शान्ति, अहिंसा र ज्ञानको मार्ग देखाए । तर अहिले यहि रुपन्देहीमा राजनीति गर्ने र सरकारी जागीर गर्नेहरूले बुद्धको संदेशलाई धुलिसात पार्दै, सत्ता र शक्तिको आडमा राज्यकोषमा ब्रम्हलुट मच्याईरहेको तथ्य महालेखा परिक्षकको प्रतिवेदन २०७८ ले देखाएको छ ।
हेरौं रुपन्देहीको कुन पालिकामा कति बेरुजु रहेको छ ।
बुटवल उपमहानगरपालिका
६ करोड २५ लाख ७० हजार कुल बेरुजु रहेको बुटवल उपमहानगर नगरपालिकाको १४ लाख ६६ हजार रुपैया तत्काल असुल गर्नुपर्ने बेरुजु छ । त्यसैगरी नियमित गर्नुपर्ने बेरुजु ५ करोड ७३ लाख २७ हजार रहेको छ भने कागजात पेश गर्नुपर्ने बेरुजु ३ लाख १० हजार र म्याद गुज्रिएको पेश्की बाँकी बेरुजु ३४ लाख ६७ हजार रहेको महालेखाको प्रतिवेदनले देखाएको छ ।
सिद्धार्थनगर नगरपालिका:
५ करोड २५ लाख ९४ हजार कुल बेरुजु रहेको सिद्धार्थनगर नगरपालिकाको २ करोड ९७ लाख ५८ हजार रुपैया तत्काल असुल गर्नुपर्ने बेरुजु छ । त्यसैगरी नियमित गर्नुपर्ने बेरुजु १ करोड ९२ लाख १५ हजार रहेको छ भने कागजात पेश गर्नुपर्ने बेरुजु २१ लाख २१ हजार रहेको महालेखाको प्रतिवेदनले देखाएको छ ।
तिलोत्तमा नगरपालिका:
११ करोड ४३ लाख ३८ हजार कुल बेरुजु रहेको तिलोत्तमा नगरपालिकाको ८४ लाख ६ हजार रुपैया तत्काल असुल गर्नुपर्ने बेरुजु छ । त्यसैगरी नियमित गर्नुपर्ने बेरुजु ८ करोड ७६ लाख ४३ हजार रहेको छ भने कागजात पेश गर्नुपर्ने बेरुजु १ करोड ६३ लाख ६९ हजार र पेश्की फर्स्यौट गर्न बाँकी १९ लाख २० हजार रहेको महालेखाको प्रतिवेदनले देखाएको छ ।
देवदह नगरपालिका:
३ करोड ७४ लाख ६६ हजार कुल बेरुजु रहेको देवदह नगरपालिकाको ३७ लाख १६ हजार रुपैया तत्काल असुल गर्नुपर्ने बेरुजु छ । त्यसैगरी नियमित गर्नुपर्ने बेरुजु १ करोड ७१ लाख ४४ हजार रहेको छ भने कागजात पेश गर्नुपर्ने बेरुजु ६९ लाख ८० हजार र म्याद गुज्रिएको पेश्की बाँकी बेरुजु ९६ लाख २६ हजार रहेको महालेखाको प्रतिवेदनले देखाएको छ ।
सैनामैना नगरपालिका:
१ करोड ६८ लाख २८ हजार कुल बेरुजु रहेको सैनामैना नगरपालिकाको ४ लाख २२ हजार रुपैया तत्काल असुल गर्नुपर्ने बेरुजु छ । त्यसैगरी नियमित गर्नुपर्ने बेरुजु १ करोड ४७ लाख ४५ हजार रहेको छ भने कागजात पेश गर्नुपर्ने बेरुजु १६ लाख ४६ हजार र पेश्की फर्स्यौट गर्न बाँकी १५ हजार रहेको महालेखाको प्रतिवेदनले देखाएको छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिका:
१ करोड ७८ हजार कुल बेरुजु रहेको लुम्बिनी साँस्कृतिक नगरपालिकाको ८ लाख ९८ हजार रुपैया तत्काल असुल गर्नुपर्ने बेरुजु छ । त्यसैगरी नियमित गर्नुपर्ने बेरुजु ७० लाख ८३ हजार रहेको छ भने कागजात पेश गर्नुपर्ने बेरुजु १४ लाख ९७ हजार र म्याद गुज्रिएको पेश्की बाँकी बेरुजु ६ लाख रहेको महालेखाको प्रतिवेदनले देखाएको छ ।
गैंडहवा गाउँपालिकामा ३ करोड १४ लाख २८ हजार कुल बेरुजु रहेको छ । १ करोड २२ लाख ३७ हजार रुपैया तत्काल असुल गर्नुपर्ने बेरुजु छ । त्यसैगरी नियमित गर्नुपर्ने बेरुजु ५८ लाख ९९ हजार रहेको छ भने कागजात पेश गर्नुपर्ने बेरुजु १ करोड ३२ लाख ९२ हजार रहेको महालेखाको प्रतिवेदनले देखाएको छ ।
कंचन गाउँपालिकामा २ करोड ६१ लाख ५१ हजार कुल बेरुजु रहेको छ । २६ लाख ९५ हजार रुपैया तत्काल असुल गर्नुपर्ने बेरुजु छ । त्यसैगरी नियमित गर्नुपर्ने बेरुजु २ करोड ३४ लाख ६ हजार रहेको छ भने कागजात पेश गर्नुपर्ने बेरुजु ५० हजार रहेको महालेखाको प्रतिवेदनले देखाएको छ ।
कोटहीमाई गाउँपालिकामा १० करोड ५५ लाख १६ हजार कुल बेरुजु रहेको छ । १ करोड १४ लाख ९ हजार रुपैया तत्काल असुल गर्नुपर्ने बेरुजु छ । त्यसैगरी नियमित गर्नुपर्ने बेरुजु ६ करोड ३ लाख ३४ हजार रहेको छ भने कागजात पेश गर्नुपर्ने बेरुजु ३ करोड ६ लाख ४३ हजार र म्याद गुज्रिएको पेश्की बाँकी बेरुजु ३१ लाख ३० हजार रहेको महालेखाको प्रतिवेदनले देखाएको छ ।
शुद्धोधन गाउँपालिकामा २ करोड ६९ लाख ५३ हजार कुल बेरुजु रहेको छ । २६ लाख २३ हजार रुपैया तत्काल असुल गर्नुपर्ने बेरुजु छ । त्यसैगरी नियमित गर्नुपर्ने बेरुजु २ करोड २७ लाख ९५ हजार रहेको छ भने कागजात पेश गर्नुपर्ने बेरुजु १५ लाख ३५ हजार रहेको महालेखाको प्रतिवेदनले देखाएको छ ।
त्यसैगरी रोहिणी गाउँपालिकामा ३ करोड ७ लाख ९ हजार, सियारी गाउँपालिकामा ३ करोड ६४ लाख ६४ हजार, ओमसतिया गाउँपालिकामा १ करोड ६९ लाख ४१ हजार, सम्मरीमाई गाउँपालिकामा ४ करोड २५ लाख २१ हजार, मायादेवी गाउँपालिकामा २ करोड ५४ लाख १३ हजार र मर्चवारी गाउँपालिकामा ११ करोड ८३ लाख ८९ हजार बेरुजु रहेको महालेखाको प्रतिबेदनले देखाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology