Logo

२०८३, कार्तिक २१गते


images
images

डिपिएलमा भवानिपुर रोयल्सको कीर्तिमान : ६.४ ओभरमै लक्ष्य पूरा गर्दै शितलनगरमाथि ९ विकेटको जित

डिपिएलमा भवानिपुर रोयल्सको कीर्तिमान : ६.४ ओभरमै लक्ष्य पूरा गर्दै शितलनगरमाथि ९ विकेटको जित

images
  • डिपिएलमा भवानिपुर रोयल्सको कीर्तिमान : ६.४ ओभरमै लक्ष्य पूरा गर्दै शितलनगरमाथि ९ विकेटको जित
    images

    देवदह । देवदह प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करणमा सिता मेडिकल भवानिपुर रोयल्सले उत्कृष्ट प्रदर्शन गर्दै नयाँ कीर्तिमान कायम गरेको छ । शुक्रबार सम्पन्न प्रतियोगिताको २७औँ खेलमा सिता मेडिकलले शितलनगर सुपर स्ट्राइकर्सलाई ९ विकेटले पराजित गर्दै मात्र ६.४ ओभरमा लक्ष्य पूरा गरेको हो ।

    images
    images
    images

    देवदह क्रिकेट युनिट (डिसियु) को मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको शितलनगर सुपर स्ट्राइकर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९१ रन बनाएको थियो ।

    images
    images
    images

    शितलनगरका लागि सचिन पाण्डेले सर्वाधिक ३२ रन बनाए । खुम पाण्डेले १७, जाबेद अलीले १० र पिन्टु चायले ७ रन जोडे । बलिङतर्फ सिता मेडिकलका राज सुनारले ३ विकेट लिए । रामजन चायले २ तथा दुर्गेश यादव मल्लाह र सन्दीप अर्यालले १–१ विकेट लिए ।

    images
    images

    ९२ रनको लक्ष्य पछ्याएको सिता मेडिकलले आक्रामक ब्याटिङ गर्दै ६.४ ओभरमै १ विकेटको क्षतिमा ९२ रन बनायो । टोलीले ८० बल बाँकी छँदै लक्ष्य पूरा गरेको हो ।

    सिता मेडिकलका दुर्गेश यादव मल्लाहले १८ बलमा ३८ रन बनाए । कलाम अलीले १६ बलमा ३५ रन र राज सुनारले मात्र ६ बलमा १५ रन जोड्दै टोलीको जित सहज बनाए । शितलनगरका जितेन्द्र सहानीले १ विकेट लिए ।

    यस खेलमा सिता मेडिकलले २० ओभरको खेलमा विपक्षीले दिएको लक्ष्य ६.४ ओभरमै पूरा गर्दै प्रतियोगिताको उल्लेखनीय कीर्तिमान बनाएको छ । आक्रामक ब्याटिङ र प्रभावकारी बलिङको मद्दतमा सिता मेडिकलले खेलमा एकपक्षीय दबदबा कायम गरेको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।