Logo

२०८३, कार्तिक २४गते


images
images

पाल्पाली सामुदायिक वन उपभोक्ता समूहको १४औं वार्षिक साधारण सभा

पाल्पाली सामुदायिक वन उपभोक्ता समूहको १४औं वार्षिक साधारण सभा

images
  • पाल्पाली सामुदायिक वन उपभोक्ता समूहको १४औं वार्षिक साधारण सभा
    images

    देवदह । पाल्पाली सामुदायिक वन उपभोक्ता समूहको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधवार समूहका अध्यक्ष सरोज कुमार थापाको अध्यक्षता तथा डिभिजन वन कार्यालय रूपन्देहीका प्रमुख प्रविण बिडारीको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

    images
    images
    images

    कार्यक्रममा अध्यक्ष थापाले समूहको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै वन संरक्षण व्यवस्थापन तथा समूहका गतिविधिबारे जानकारी गराएका थिए ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिडारीले सामुदायिक वनलाई संरक्षणमा मात्र सीमित नराखी वन पैदावारको उत्पादन र उपयोगसँग पनि जोड्नुपर्नेमा जोड दिए ।

    images
    images

    उनले सामुदायिक वनकै कारण वन संरक्षणमा उल्लेखनीय उपलब्धि हासिल भएको र वन चोरी निकासी नियन्त्रणमा समेत महत्वपूर्ण योगदान पुगेको बताए ।

    कार्यक्रममा सब डिभिजन वन कार्यालय शीतलनगरका प्रमुख पुष्पराज श्रेष्ठ, बुद्ध सामुदायिक वनका अध्यक्ष टेकबहादुर राना, प्रगति सामुदायिक वनका अध्यक्ष दुर्गाबहादुर राना, सरहनकालिका वनका अध्यक्ष समरबहादुर जर्घा, बुद्धनगर सामुदायिक वनका अध्यक्ष जिमलाल रेग्मी, जनप्रिय सामुदायिक वनका कार्यवाहक अध्यक्ष टेकबहादुर विश्वकर्मा लगायतको उपस्थिति थियो ।

    साधारण सभाको अवसरमा पशुपालन व्यवसायमा संलग्न व्यवसायी तथा जेष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो ।

     

    समूहका अध्यक्ष ओमबहादुर आलेले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन संस्थाका सचिव चिनीसरा थापाले गरेकी थिइन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पाल्पाली सामुदायिक वन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।