Logo

२०८३, कार्तिक २४गते


images
images

भन्सार छुटको सिफारिस अब अनलाइनबाटै

भन्सार छुटको सिफारिस अब अनलाइनबाटै

images
  • भन्सार छुटको सिफारिस अब अनलाइनबाटै
    images

    काठमाडौं । निर्माणाधीन तारे होटल तथा रिसोर्टले भन्सार महसुल छुटमा सामान आयात गर्न आवश्यक पर्ने सिफारिस अब अनलाइन प्रणालीमार्फत लिन सकिने भएको छ ।

    images
    images
    images

    पर्यटन विभागले नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत भन्सार महसुल छुट सिफारिस सेवा सञ्चालन गर्ने जनाएको हो ।

    images
    images
    images

    विभागका अनुसार यसअघि निर्माणाधीन तारे होटल तथा रिसोर्टको स्वीकृत योजनाअनुसार भन्सार छुटमा सामान पैठारी गर्न योजना स्वीकृति र सम्बन्धित भन्सार कार्यालयमा पठाइने सिफारिसको काम भौतिक रूपमा हुँदै आएको थियो।  अबदेखि भने उक्त सेवा अनलाइन प्रणालीमार्फत मात्रै सञ्चालन हुनेछ ।

    images
    images

    विभागले सम्बन्धित होटल तथा रिसोर्ट सञ्चालकलाई नयाँ व्यवस्थाबारे जानकारी गराउँदै अनलाइन प्रणालीबाटै सेवा लिन आग्रह गरेको छ । प्रणाली प्रयोग गर्दा कुनै प्राविधिक समस्या वा कठिनाइ भएमा आवश्यक सहयोग तथा सहजीकरणका लागि पर्यटन विभाग वा भन्सार विभागमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

    विभागका निर्देशक तथा सूचना अधिकारी सुर्ज घिमिरेद्वारा जारी सूचनामा नयाँ व्यवस्थाले भन्सार महसुल छुट सिफारिस प्रक्रियालाई अनलाइन माध्यमबाट सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।