Logo

२०८३, कार्तिक १८गते


images
images

भारतमा सडक निर्माणका क्रममा करेन्ट लागेर आठ मजदुरको मृत्यु

भारतमा सडक निर्माणका क्रममा करेन्ट लागेर आठ मजदुरको मृत्यु

images
  • भारतमा सडक निर्माणका क्रममा करेन्ट लागेर आठ मजदुरको मृत्यु
    images
    images

    काठमाडौं । भारतको राजस्थानस्थित झुन्झुनु जिल्लाको छापोलीमा सडक निर्माणका क्रममा करेन्ट लागेर आठ मजदुरको मृत्यु भएको प्रारम्भिक खबर सार्वजनिक भएको छ ।

    images
    images
    images

    कदम कुण्डतर्फ जाने सडक निर्माण भइरहेको समयमा रोडी मिसाउने मेसिनमाथिबाट गएको ११ हजार भोल्टको विद्युत् प्रसारण लाइनमा छोइएपछि दुर्घटना भएको हो ।

    images
    images
    images

    मेसिन विद्युत् लाइनको सम्पर्कमा आएपछि निर्माण कार्यमा खटिएका मजदुरहरू करेन्ट लागेर घाइते भएका थिए । घटनामा आठ मजदुरको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    images
    images
    images

    घटनाप्रति राजस्थानका मुख्यमन्त्री भजनलाल शर्मा र पूर्वमुख्यमन्त्री अशोक गहलोतले दुःख व्यक्त गरेका छन् ।

    मुख्यमन्त्री शर्माले घाइतेहरूको उचित उपचार, प्रभावित परिवारलाई तत्काल सहायता उपलब्ध गराउन तथा घटनाको छानबिन गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आठ मजदुरको मृत्यु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।