Logo

२०८३, कार्तिक २४गते


images
images

पत्रकार धरपकडको विषय गम्भीर हो, सामान्यीकरण नगरौं: गगन थापा

पत्रकार धरपकडको विषय गम्भीर हो, सामान्यीकरण नगरौं: गगन थापा

images
  • पत्रकार धरपकडको विषय गम्भीर हो, सामान्यीकरण नगरौं: गगन थापा
    images

    काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले पत्रकार पक्राउ परेको विषय गम्भीर भएको टिप्पणी गरेका छन् ।

    images
    images
    images

    आइतबार, सानेपास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सभापति थापाले पत्रकारमाथि गरिएको धरपकडले सरकारको सोच र बुझाई बारे प्रश्न उठेको बताएका हुन् ।

    images
    images
    images

    उनले सरकारका क्रियाकलाप आफुहरुले नजिकबाट हेरिरहेको बताउदै अहिलेको प्रवृतिले साच्चै चिन्ता बढाएको उल्लेख गरे । उनले भने- 'के लाग्न थाल्यो भने, एउटा सानो समुह छ, त्यसले के भन्ठान्यो भने, वी आर द स्टेट, हामी नै हो, हामीले बोलेको कुरा स्टेटमेन्ट हुदैन, हुकुम हुन्छ । राज्यका अंगहरु आफ्नो आदेश पालन गर्ने निकाय भएको ठानेको देखिएको छ । यो घटनापछि यसलाई सामान्यीकरण नगरौं । यो प्रवृतिले हद नाघ्यो ।'

    images
    images

    काँग्रेसले सरकारका राम्रा कामको समर्थन गरिरहेको बताउदै गलत कामको बारेमा बोल्ने र प्रतिवाद गर्ने स्पष्ट गरे । सरकारको कामको जवाफदेहिता रास्वपाले लिनुपर्छकी पर्दैन भन्ने प्रश्न गर्दै उनले यसअघि संचारगृहका कार्यालय अगाडी गाडी पार्क गर्दा पनि रास्वपाले अहिले जस्तै विज्ञप्ति निकाले पनि कारवाही नगरेको बताए ।     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सभापति गगन थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।