प्रिन्स मिश्रा, कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ७६ करोड बराबरको बजेट नीति तथा कार्यक्रम मार्फत सार्वजनिक गरेको छ ।
बिहीबार कृष्णनगर नगरपालिकाको आठौं नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बजेट सार्वजनिक गरिएकाे छ । आ.ब. ०७९/०८० संघ र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण शसर्त अनुदान, राजस्व बांडफांड, समपुरक अनुदान, विशेष अनुदान, माैजदात रकम कुल बजेट ७६ करोड ३२ लाख ४५ हजार बजेट विनियोजन गरिएकाे प्रमुख प्रशासकिय अधिकृत राम चन्द्र ढकालले बताउनुभयाे ।
यस बर्षमा नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ तथा आवश्यक पुर्वाधारर केही, बहुवर्षिय याेजनाहरुमा बजेट बांडफांट गरिने नगर प्रमुख रजत प्रताप शाहले बताउनुभयाे । उनले अबकाे याेजना कार्यक्रममा विकास तर्फ विशेष बजेट विनियोजन गर्ने बताए । कार्यक्रममा नगरपालिका भित्रका तीन जना उत्कृष्ट शिक्षक तथा पत्रकार तर्फबाट अंकुश कुमार श्रीवास्तव नगद रकम सहित सम्मान पत्रबाट सम्मानित गरिएको थियो l
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology