Logo

२०८३, कार्तिक १४गते


images
images

युक्रेनको रेल स्टेसनमा रुसी ड्रोन आक्रमण, १४ जनाको मृत्यु

युक्रेनको रेल स्टेसनमा रुसी ड्रोन आक्रमण, १४ जनाको मृत्यु

images
  • युक्रेनको रेल स्टेसनमा रुसी ड्रोन आक्रमण, १४ जनाको मृत्यु
    images
    images

    काठमाडौं । युक्रेनको मध्यभागमा रहेको निप्रो सहरको रेलवे स्टेसनमा रुसी ड्रोन आक्रमण हुँदा १४ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

    images
    images
    images

    यात्रु बोकेको विद्युतीय रेललाई लक्षित गरी आक्रमण भएको सहरका प्रमुख बोरिस फिलातोभले बताएका छन् । जापोरिजिया जान तयारी अवस्थामा रहेको रेलको प्लेटफर्ममा ड्रोन प्रहार भएको थियो ।

    images
    images
    images

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घटनालाई भयावह भन्दै रुसमाथि थप कडा प्रतिबन्ध लगाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् ।

    images
    images
    images

    युक्रेनी सरकारी रेल कम्पनीका अनुसार सन् २०२६ को पहिलो आठ महिनामा मात्रै देशको रेल सञ्जालमाथि एक हजार ६०० भन्दा बढी आक्रमण भएका छन् । सन् २०२२ मा युद्ध सुरु भएयता रुसले ५०० भन्दा बढी रेल इन्जिनमा क्षति पुर्‍याएको वा नष्ट गरेको युक्रेनको दाबी छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रेलवे स्टेसन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।