Logo

२०८३, श्रावण २७गते


images
images

कोरोना महामारी

महामारीमा देवदह : के गर्दैछन् राजनीतिक दल र नागरिक समाज ?

महामारीमा देवदह : के गर्दैछन् राजनीतिक दल र नागरिक समाज ?

images
  • महामारीमा देवदह : के गर्दैछन् राजनीतिक दल र नागरिक समाज ?
    images
    images

    देवदह । देश कोभिड-१९ को महामारीमा चुर्लुम्म डुबेको छ । को कति बेला संक्रमित हुने हो र समयमै उपचार नपाएर मृत्युवरण गर्नुपर्ने हो भन्ने भय यत्रत्यत्र सर्वत्र छ । त्यसमा पनि लुम्बिनी प्रदेश र मुख्यत: रुपन्देही जिल्लामा यसको प्रभाव नियन्त्रणबाहिर गइसकेको अवस्था छ । कोरोनाको हटस्पट बनेको बुटवलसंगै जोडिएको देवदह नगरपालिकामा पनि दिनानुदिन संक्रमितको संख्यामा वृद्धि हुने क्रम जारी छ । यसैक्रममा देवदहमा सक्रिय राजनीतिक दल र अन्य सामाजिक संस्थाहरुका गतिविधि नजिकबाट नियालीरहेका हामिले यहाँका मुख्य राजनीतिक दलका नेताहरु र नागरिक समाजका अगुवासंग तपाइँहरुले कोभिड नियन्त्रणको लागि के गर्दै हुनुहुन्छ भन्ने प्रश्न गरेका छौँ ।

    images
    images
    images

    "महामारीको चेन तोड्न स्थानीय सरकारलाई सघाइरहेका छौँ ।" - नेकपा (एमाले), देवदह 

    images
    images
    images

    केहीदिन अघिमात्र प्रेस बिज्ञप्ति जारी गरेर कोरोना विशेष अस्पतालको स्तर वृद्धि गरि आइसियु सहितको सेवा प्रवाह गर्न नगरपालिकाकालाई अनुरोध गरेको नेकपा एमालेका नगर अध्यक्ष प्रकाश अर्याल महामारीको चेन तोड्न आफूहरुले नगरपालिकालाई सघाइरहेको बताउँछन् । आइसोलेसन निर्माण तथा नगरपालिकाको विपद ब्यबस्थापनकोषमा रकम जम्मा गर्ने लगायतका कार्यमा एमालेले पहल गरिरहेको बताउँदै अर्यालले सबै राजनीतिक दल र संघसंस्थाको संयुक्त पहलमा महामारीलाई जीत्न सकिने बताए ।

    images
    images
    images

    "नागरिक सचेतनामा ध्यान केन्द्रीत गरेका छौँ ।" - नेपाली कांग्रेस, देवदह

    नेपाली कांग्रेसका नगर सभापति गुणाखर भुर्तेलले नेपाली कांग्रेसले नगरवासीमा जनचेतना जगाउने काम गर्दै आएको बताए । मुख्य कुरा सचेतता नै भएको बताउँदै नगरवासीलाई घुमफिर नगर्न, विवाह, ब्रतबन्धजस्ता कार्यलाइ तत्काल रोक्न/रोकाउन र सामाजिक दुरि कायम गरि अत्यावश्यक दैनिक कार्यहरु संचालन गर्न हरेक वडाका नागरिकलाइ अनुरोध गरिरहेको उनले बताए ।

    "अस्पतालमा बेड र अक्सिजन ब्यबस्थापनमा जुटिरहेका छौँ ।" - नेकपा (माओवादी केन्द्र), देवदह

    नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष केदरनाथ काफ्ले 'राजु' ले नागरिकको जीवनभन्दा माथि राजनीति वा राजनीतिक दल हुन नसक्ने बताउंदै महामारीबाट जनता जोगाउनका लागि आफुहरुले स्वयंसेवक मार्फत काम गरिरहेको बताए । विभिन्न सम्पर्क शुत्रमार्फत संक्रमितलाई अस्पतालमा बेड तथा अक्सिजनको ब्यबस्थापन गर्न सहयोग गर्ने लगायतका काममा नगरवासीसंग संयोजन गरिरहेको उनको भनाइ छ । महामारीबाट मुक्त हुने मुख्य उपाय नै संक्रमणलाई रोक्नु हो भन्दै काफ्लेले माओवादी केन्द्रले पार्टी संयन्त्रमार्फत नगरवासीमा सचेतना प्रवाह गर्ने कार्य समेत गरिरहेको बताए ।

    "संक्रमितलाई अस्पतालसम्म पुर्याउन सवारी व्यवस्थापन गरेका छौं ।" - राप्रपा नेपाल, देवदह

    राप्रपा नेपाल देवदहका अध्यक्ष माधव रिमालले कोरोना महामारीमा आफूहरुले जनताको दु:खमा सक्दो मलम लगाउने प्रयत्न गरिरहेको बताए । राप्रपा नेपालले संक्रमित बिरामीलाई अस्पताल पुर्याउन २४ सैं घण्टा सवारी उपलब्ध गराएको बताउँदै उनले संक्रमित ब्यक्तीलाई  अस्पतालसम्म पुर्याउन आफुहरूले महामारी अवधीभर उक्त सेवा प्रवाह गरिरहने बताए ।

    "गाडि र अक्सिजनको ब्यबस्थापनमा जुटेका छौँ ।" - नागरिक समाज देवदह

    त्यसैगरी नागरिक समाज देवदहका अध्यक्ष कृष्ण प्रसाद पौडेलले अहिलेको महामारीको मुख्य समस्या अस्पताल सम्म पुग्ने सवारी र त्यसपश्चात अक्सिजन सपोर्ट चाहिने बिरामीलाइ अक्सिजनको ब्यबस्थापन नै भएकोले संस्थागत र ब्यक्तिगत रुपमा समेत आफुले स्थानीय व्यावसायि लगायतसंग कुरा गरिरहेको बताए । जोसंग गाडी छ उस्ले संक्रमितलाई अस्पतालसम्म पुर्याउन गाडी दिने । जोसंग अक्सिजनको खाली सिलिन्डरहरु छ उनीहरुले त्यो ब्यबस्थापन गर्ने र जसले आर्थिक सहयोग गर्न सक्छ उसले नगरपालिकाको विपद ब्यबस्थापन कोषमा रकम जम्मा गरि सहयोग गर्ने लगायतका विषयमा केन्द्रित भएर आफुहरुले काम गरिरहेको पौडेलले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।