धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ ज्यामिरेघाटमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते भएका छन्।
सोमबार दिउँसो त्रिशूली नदी किनारमा फेला परेको शंकास्पद वस्तु कोठामा ल्याएर फुटाउने क्रममा विस्फोट भएको हो ।
विस्फोटमा परी काभ्रेको ढुङखर्क गाउँपालिका–९ घर भएका २६ वर्षीय जंगे परियार र २४ वर्षीय रामचन्द्र परियार घाइते भएका छन्। उनीहरू ज्यामिरेघाटस्थित सरस्वती खड्काको घरमा कोठा भाडामा लिएर बस्दै आएका थिए । विस्फोटका छर्रा लागेर दुवै जनाको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी नायब उपरीक्षक सुरज कार्कीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
घाइते दुवै जनालाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology