Logo

२०८३, आश्विन १०गते


images
images

मन्त्री क्वार्टरका सामान पूर्वमन्त्रीका घरमा

मन्त्री क्वार्टरका सामान पूर्वमन्त्रीका घरमा

images
  • मन्त्री क्वार्टरका सामान पूर्वमन्त्रीका घरमा
    images
    images

    पत्रपत्रिका । निवर्तमान मन्त्रीहरूले सरकारी आवास गृह छाड्दा आवासका सामान घरतिर लिएर जाने गरेका छन् । मन्त्रीको प्रयोजनका लागि सरकारी सुविधामा आवासमा राखिएका भाँडाकँुडा, पर्दा, पङ्खा, टेलिफोन सेट, प्रिन्टर, वासिङ मेसिनलगायतका सामग्री बहिर्गमन हुँदा उनीहरूले लिएर जाने प्रवृत्ति यस पटक दोहोरिएको छ ।

    images
    images
    images

    ताकेता गर्दा कतिपय मन्त्रीले लिएर गएका सामान तत्काल फिर्ता ल्याइदिने गरेका छन् भने कतिपयले निकै गाह्रो मानेर फिर्ता गर्छन् । कतिपय मन्त्रीले ।।।भोलि फर्काइदिन्छू’ भन्दै टार्ने गरेका छन् । यो प्रवृत्तिले सरकारी आवास गृह व्यवस्थापनमा खटिएका कर्मचारी आजित भइसेकका छन् ।

    images
    images
    images

    पछिल्लो पटक कृषि तथा पशुपक्षी मन्त्री पदबाट बिदा पाउनुभएका महेन्द्र राय यादवले पुल्चोकस्थित मन्त्रीनिवास छाड्दा वासिङ मेसिनदेखि अन्य केही सामग्री लिएर जानुभएको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका कर्मचारीले बताए ।

    images
    images
    images

    आवासबाट लैजान नमिल्ने सामान लिएर गएको थाहा पाएपछि सचिवालयले उहाँलाई ती सामग्री फर्काउन पत्राचार ग¥यो । कार्यालयका स्टोरकिपर पशुपति पोखरेलले पूर्वमन्त्री यादवलाई त्यसबारे जानकारी गराएपछि उहाँले ती सामान फर्काउने प्रतिबद्धता व्यक्त गर्नुभएको बताउनुभयो । पूर्वमन्त्री यादवले सरकारी आवास छाडेको एक साताभन्दा बढी भइसक्दा पनि शुक्रबारसम्म ती सामग्री फिर्ता भने गर्नुभएको छैन ।

    यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।