Logo

२०८३, आश्विन २८गते


images
images

समाचार

संखुवासभाको हटियामा राष्ट्रिय प्रसारण लाइन पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने

संखुवासभाको हटियामा राष्ट्रिय प्रसारण लाइन पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने

images
  • संखुवासभाको हटियामा राष्ट्रिय प्रसारण लाइन पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने
    images
    images

    काठमाडौं । संखुवासभाको उत्तरी तथा दुर्गम क्षेत्र भोटखोला गाउँपालिका-३, हटियामा राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तार भएसँगै स्थानीय बासिन्दाले थप भरपर्दो विद्युत् सेवा पाउने भएका छन् । यसअघि लघु जलविद्युत् आयोजनामार्फत विद्युत् उपभोग गर्दै आएको उक्त क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् आपूर्ति सुरु गरिएको हो ।

    images
    images
    images

    राष्ट्रिय प्रसारण लाइन विस्तारपछि भोटखोला गाउँपालिकाको कार्यालय र हटियास्थित अस्पतालमा थ्री फेज मिटर जडान गरी विद्युत् आपूर्ति सञ्चालनमा ल्याइएको छ । यसबाट स्थानीय बासिन्दासँगै सरकारी कार्यालय, स्वास्थ्य संस्था, कुटानी–पिसानी मिल तथा घरेलु उद्योग प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।

    images
    images
    images

    चीनसँग सीमा जोडिएको भोटखोला गाउँपालिकाको किमाथांकासम्म पनि राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने प्रक्रिया अघि बढाइएको छ । नेपाल विद्युत् प्राधिकरणले उक्त क्षेत्रमा विद्युत् पुर्याउन आवश्यक ठेक्का प्रक्रिया अगाडि बढाइसकेको छ । चालु आर्थिक वर्षभित्रै किमाथांकामा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति पु¥याउने लक्ष्य राखिएको छ ।

    images
    images
    images

    संखुवासभामा विद्युत् पहुँच विस्तारलाई प्राथमिकतामा राखेर प्राधिकरणले दुर्गम बस्तीहरूमा राष्ट्रिय प्रसारण प्रणाली विस्तारको काम निरन्तर अघि बढाइरहेको छ । जिल्लाका करिब ९५ प्रतिशत घरधुरीले राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् उपभोग गरिरहेका छन्। बाँकी घरधुरीमा भने लघु जलविद्युत् तथा सौर्य ऊर्जामार्फत विद्युत् सेवा उपलब्ध हुँदै आएको छ ।

    हटियामा राष्ट्रिय प्रसारण लाइन पुगेपछि भोटखोलाका दुर्गम बस्तीलाई राष्ट्रिय विद्युत् प्रणालीमा जोड्ने अभियानले थप गति लिने अपेक्षा गरिएको छ । अब किमाथांकासम्म प्रसारण लाइन विस्तार गर्ने लक्ष्य पूरा भएमा चीनसँग सीमा जोडिएको यस दुर्गम क्षेत्रको विद्युत् पहुँच विस्तारमा अर्को महत्वपूर्ण उपलब्धि हासिल हुनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।