काठमाडौं । वैशाखमा एक लाख ७० हजारभन्दा धेरै नेपाली सीमानाका हुँदै भारतबाट फर्किएका छन् ।
सशस्त्र प्रहरी बलले राखेको विवरणअनुसार १ देखि २५ वैशाखसम्म एक लाख ७० हजारभन्दा धेरै विभिन्न नाकाबाट आएका छन् ।
त्यस्तै, चैतमा एक लाख दुई हजारजना भारतबाट नेपाल आएका थिए । पछिल्लो समय पनि दैनिक तीन-चारजनाको संख्यामा विभिन्न नाकाबाट नेपाली आउने गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी राजु अर्यालले बताए । संक्रमण बढेपछि गत सोमबार सरकारले भारतसँगका २२ नाका बन्द गरी १३ वटा मात्र सञ्चालन गर्ने निर्णय गरेको थियो ।
जसअनुसार काँकडभिट्टा, जोगवनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगन्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफन्टा गड्डाचौकी नाका मात्र सञ्चालन गरिएको छ । आजको नयाँ पत्रीका दैनिकमा समाचार प्रकाशीत छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology