Logo

२०८३, कार्तिक २५गते


images
images

देवदहको खैरेनीमा यात्रु सहायता कक्ष, बैंक सुरक्षामा निगरानी बढाइयो

देवदहको खैरेनीमा यात्रु सहायता कक्ष, बैंक सुरक्षामा निगरानी बढाइयो

images
  • देवदहको खैरेनीमा यात्रु सहायता कक्ष, बैंक सुरक्षामा  निगरानी बढाइयो
    images

    देवदह । दसैं, तिहार र छठजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा गाउँघरमा चहलपहल बढेको छ । चाडपर्व मनाउन घर फर्किने यात्रुको चाप बढ्ने समयमा यातायातमा हुन सक्ने ठगी र दुर्व्यवहारसँगै चोरी तथा लुटपाटका घटना रोक्न देवदहस्थित खैरेनी प्रहरी चौकी सक्रिय बनेको छ ।

    images
    images
    images

    चौकी इञ्चार्ज प्रहरी निरीक्षक भीमसेन विष्टले सडकदेखि बैंकसम्मको सुरक्षालाई लक्षित गरी विशेष योजना अघि सारिएको बताए ।

    images
    images
    images

    “चाडबाडको समयमा सार्वजनिक यातायातमा सिट नपाइने, क्षमताभन्दा बढी यात्रु राख्ने, तोकिएभन्दा बढी भाडा असुल्ने र यात्रुमाथि अभद्र व्यवहार हुने गुनासा हरेक वर्ष सुनिन्छन्,” विष्टले सेतोमसीसँग भने, “यस्ता समस्या न्यूनीकरण गर्दै यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुग्ने वातावरण बनाउन खैरेनीमा यात्री सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।”

    images
    images

    सोमबार देवदह नगरपालिका-५ का वडाध्यक्ष तथा नगर प्रवक्ता गणेश डुम्रे लगायतको उपस्थितिमा सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । कक्षमा चौबीसै घण्टा दुई जना प्रहरी खटिनेछन् । सहायता कक्षमार्फत यात्रुलाई आवश्यक परामर्श दिनुका साथै उजुरी प्राप्त भए तत्काल आवश्यक कारबाही अघि बढाइने जनाइएको छ ।

    बैंक सुरक्षामा पनि निगरानी

    चाडपर्वका बेला आर्थिक कारोबार बढ्ने भएकाले बैंक तथा वित्तीय संस्था र सर्वसाधारणको घरमा चोरी तथा लुटपाटको जोखिमलाई ध्यानमा राख्दै खैरेनी प्रहरीले स्थानीय बैंकका प्रमुख तथा प्रतिनिधिसँग छलफल गरेको छ ।

    सोमबार भएको छलफलमा बैंकर संघ देवदहका अध्यक्ष अजय श्रेष्ठसहित १० वटा बैंकका प्रमुख तथा प्रतिनिधि सहभागी भएको प्रहरीले जनाएको छ ।

    छलफलमा बैंकमा हुन सक्ने लुटपाटका घटना रोकथाम, सीसीटीभी क्यामेराको नियमित निगरानी, सुरक्षा गार्डको व्यवस्थापन र शंकास्पद गतिविधिमा प्रहरीले तत्काल प्रतिक्रिया जनाउने विषयमा छलफल गरिएको जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # खैरेनी प्रहरी चौकी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।