Logo

२०८३, आश्विन २५गते


images
images

कांग्रेस महाधिवेशन

काँग्रेसको मतगणना अपडेट : उपसभापति र महामन्त्रीमा कसले कति मत पाए ?

काँग्रेसको मतगणना अपडेट : उपसभापति र महामन्त्रीमा कसले कति मत पाए ?

images
  • काँग्रेसको मतगणना अपडेट : उपसभापति र महामन्त्रीमा कसले कति मत पाए ?
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुस्त देखिएको छ । केन्द्रीय निर्वाचन समितिले दिएको पछिल्लो अपडेट अनुसार ३४६५ मत गणना भएको छ ।

    images
    images
    images

    पछिल्लो अपडेटअनुसार खुलातर्फको उपसभापतिमा डा. चन्द्र भण्डारीले १६८६ मत प्राप्त गरेका छन् भने मधु आचार्यले १०९० मत प्राप्त गरेका छन् । त्यस्तै सुरेन्द्रराज पाण्डेले ९५५ मत, गोविन्द भट्टराईले ९४१ मत पाएका छन् भने धनराज गुरुङले ७१९ मत, दीपक गिरीले ४९७ मत र डा. चन्द्रमोहन यादवले २९९ मत प्राप्त गरेका छन् । 

    images
    images
    images

    त्यस्तै उपसभापति (समावेशी) तर्फ विनोदकुमार चौधरीले ८९६ मतसहित अग्रता लिएका छन् भने जीवन परियारले ८२९ मत, फरमुल्लाह मंसुरले ४६९ मत, रञ्जित कर्णले २७० मत र सीता गुरुङले २५१ मत प्राप्त गरेका छन् ।

    images
    images
    images

    त्यस्तै, महामन्त्री (खुला) तर्फको मतगणनामा प्रदीप पौडेलले सबैभन्दा बढी २०५५ मत प्राप्त गरेका छन् । त्यस्तै, उदयशमशेर राणाले ११५९ मत, सुनिलकुमार शर्माले ९३४ मत, अमरसिंह पुन मगरले ८१९ मत, गुरुराज घिमिरेले ६७८ मत, नैनसिंह महरले ४२८ मत, शंकर तिवारीले ८२ मत र डा. सन्तोष उपाध्यायले ४९ मत प्राप्त गरेका छन् । 

    त्यसैगरी, महामन्त्री (महिला) तर्फ डा. डिला संग्रौला (पन्त) ले १५१७ मत प्राप्त गरेकी छन् भने महालक्ष्मी उपाध्याय (डिना) ले १३९८ मत प्राप्त गरेकी छन् । त्यस्तै रीता खनालले ३६५ मत पाएकी छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।