काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा भएको अवसरमा बधाई दिएका छन् ।
सभापति लामिछानेले सामाजिक सञ्जाल एक्समार्फत मोदीलाई शुभकामना दिँदै उहाँको नेतृत्वमा भारतले हासिल गरेको रूपान्तरण र तीव्र प्रगतिबाट आफू प्रेरित भएको उल्लेख गरे । उनले नेपाल र भारतबीच साझा इतिहास, गहिरो सांस्कृतिक सम्बन्ध तथा जनता-जनताबीचको निकट सम्बन्धमा आधारित दीर्घकालीन सम्बन्ध रहेको उल्लेख गरेका छन् ।
सभापति लामिछानेले रास्वपा र आफ्नो तर्फबाट नेपाल-भारत सम्बन्धलाई थप सुदृढ, समृद्ध र दुवै देशका लागि लाभदायक बनाउन सहकार्य गर्ने अपेक्षा व्यक्त गरेका छन् ।
रविले भनेका छन्- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई २५ वर्षको समर्पित सार्वजनिक सेवाको यात्राका लागि हार्दिक बधाई । तपाईंको दूरदर्शी नेतृत्वमा भारतले गरेको रूपान्तरण र तीव्र प्रगति वास्तवमै प्रेरणादायी रहेको छ । नेपाल र भारतबीच साझा इतिहास, गहिरो सांस्कृतिक सम्बन्ध तथा जनस्तरको निकट सम्बन्धमा आधारित दीर्घकालीन सम्बन्ध रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र आफ्नो तर्फबाट नेपाल–भारत साझेदारीलाई थप सुदृढ र दुवै देशका लागि समृद्ध बनाउन सहकार्य गर्ने अपेक्षा व्यक्त गर्दछु ।'
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology